विपन्न परिवारको छोरीको विवाहमा उपहार स्वरूप बक्स पलङ्ग, सोफासेट र दराज प्रदान
रामनारायण ठाकुर
मिर्चैया, मंसिर २५ गते । एक विपन्न परिवारको छोरीको विवाहमा पूर्व मन्त्री डा. बिरेन्द्र प्रसाद महतोले उपहार स्वरूप बक्स पलङ्ग, सोफासेट र दराज प्रदान गरेका छन् ।
सिरहाको मिर्चैया नगरपालिका-३, बलुवाटोल निवासी भउषा महराको छोरीको विवाह समारोहमा सहभागी भई उपहारहरू प्रदान गरेकाे थियो ।
गरीब तथा विपन्न परिवारको छोरीको विवाहमा सहभागिता जनाउँदै उनले नवदम्पतीलाई सुखमय, समृद्ध र मंगलमय वैवाहिक जीवनको हार्दिक शुभकामना व्यक्त गरेका गरेका थिए ।
पूर्व मन्त्री महतो विपन्न परिवारको खुसीमा सहभागी भएको देखेर बलुवाटोलका स्थानीयवासी तथा छिमेकीहरू अत्यन्तै खुसी भएका छन् ।
वहाँले देखाएको सद्भाव र सहयोगप्रति स्थानीय वासी धन्यवाद समेत व्यक्त गरिएको थियो ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]