विराटनगर, मंसिर २५ गते । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेले लागुऔषधको प्रयोग र ओसार पसार नियन्त्रणमा कडाईका साथ प्रहरी परिचालन गरिने वताएकाे छ ।
संचारकर्मीहरुसंग भेटघाट तथा परिचयात्मक कार्यक्रम
विराटनगर, मंसिर २५ गते ।
कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको सभाहलमा संचारकर्मीहरुसंगकाे भेटघाट तथा परिचयात्मक कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक घिमिरेले वताएकाे हाे ।
प्रहरीको दैनिक काम कारवाहीलाई निरन्तरता दिदै अपराध नियन्त्रण गरी समाजमा शान्ति सुरक्षा कायम राख्ने कार्यमा कोशी प्रदेश प्रहरी सवल र सक्षम रहेको कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक घिमिरेले वताए । वहाँले कोशी प्रदेशमा सामुदाय प्रहरी साझेदारी कार्यक्रम अनुसार जनचेतनामुलक कार्यक्रमलाई तिब्रता, ट्राफिक व्यवस्थापन, भन्सार छली चोरी निकासी नियन्त्रणमा कडाईका साथ प्रहरी परिचालन गरिने वताउँदै वहाँले संचारकर्मीहरुले गाँजा तस्करी प्रहरी कै संरक्षणमा भई रहेकाे लगायतका प्रश्न राखेकाेकाे विषयमा समेत प्रस्ट पारेका थिए ।
अपराध नियन्त्रण गरी समाजमा शान्तिसुरक्षा कायम राख्न संचार माध्यमको उतिकै महत्वपुर्ण भुमिका रहने हुँदा सबैको साथ र सहयोग आवश्यक रहेको कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक घिमिरेले वताए ।
सञ्चारकर्मीहरूसंगकाे भेटघाट कार्यक्रममा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता प्रहरी वरिष्ट उपरीक्षक दिपक पोखरेल, प्रहरी उपरीक्षक सुनम कुमार तिम्सिना सहित प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]