माही मेहता/सर्लाही, मंसिर २८ गते । आउँदो फाल्गुन २१ गते हुने प्रतिनिधीसभा निर्वाचनको लागि राजेश कुशवाहाले जनताको चाहना र भावनालाइ बुझ्दै सर्लाही क्षेत्र नं. ४ बाट उम्मेदवारी घोषणा गरेका छन् ।
उम्मेदवारी घाषणा गरेका कुशवाहको छोटो परिचय प्रस्तुत गर्नुका साथै वहाँले गरेको प्रतिवद्धता सहित घोषणापत्र पनि जारी गरेको छ ।
परिचय ः राजेश कुशवाहा सर्लाही जिल्लाको बलरा नगरपालिकाका वडा नं. १० सुदामामा एक साधारण तथा श्रमशील किसान परिवारमा जन्म भई हुर्किएका हुन् । बाल्यकालदेखि नै अनुशासन, अध्ययनप्रति समर्पण, सामाजिक, सहयोगी र स्पष्ट लक्ष्यले उहाँको जिम्मेवारी व्यक्तित्वलाई आकार लिदै परिवार तथा समाजको मार्गदर्शन र ग्रामीण परिवेशको जीवन–अनुभवले उहाँको दृढता र मेहनतको संस्कार बाल्यकाल देखि नै छ ।
प्रारम्भिक शिक्षा गाउँकै विद्यालयबाट पुरा गर्दै सन् २००३ (वि.सं. २०६०) मा गडैयाँह–डुमरिया, सर्लाही बाट एसलसी उत्तीर्ण गरी अध्ययनलाई निरन्तर दिदै कुशवाहले सन् २००५ (वि.सं. २०६२) मा हरि खेतान क्याम्पस, वीरगन्जबाट उच्च माध्यमिक शिक्षा पुरा गरी उच्च शिक्षा व्यवसयिक अध्ययन तर्फ मोडियो ।
वित्त, लेखा र व्यवस्थापन प्रतिको रुचिले उच्च शिक्षाको लागि भारतको प्रतिष्ठित संस्था द इन्सिच्युट अफ चार्टट एकाउन्टेन्ड अफ इन्डिया, दिल्ली प्रस्थान गरेका थिए । सन् २००६ देखि २०११ सम्मको कठिन परिश्रम, गहन अध्ययन तथा निरन्तर समर्पणमार्फत उहाँले चार्टर्ड एकाउन्टेन्सी (सीए) अध्ययन पूरा पुरा गरेका थिए ।
कुशवाह सीए परीक्षामा पहिलो प्रयासमै सफलता हासिल गर्नुका साथै सम्पूर्ण भारतभरि अल इन्डिया र्यांक प्राप्त गर्ने गौरव हासिल गरेपछि अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउने महत्वपूर्ण आधार गरियो ।
व्यावसायिक जीवनको सुरुवात भारतकै प्रतिष्ठित बजाज ग्रुपबाट शुरुवात गरियो । त्यसपछि क्रमश ः लैंको ग्रुप ीबलअय र ः मित्सुबिशी जापनीज जस्ता अन्तर्राष्ट्रिय कम्पनीहरूमा वित्तीय व्यवस्थापन, परियोजना विश्लेषण तथा कर्पोरेट सुशासनका क्षेत्रमा लामो अनुभव पछि नेपाल फर्किए । नेपालमा चौधरी ग्रुप (सीजी) मा प्रमुख जिम्मेवारी सम्हाल्दै नेपालको कर्पोरेट क्षेत्रमा आफ्नो योगदान विस्तार गरेदै पछिल्लो चरणमा कुशवाहले विश्वप्रसिद्ध कन्सल्टेन्सी कम्पनी अन्स्र्ट एंड यंग यूनाईटेड किंगडम वेष्टमा कार्य गर्दै अन्तर्राष्ट्रिय वित्त, कर–व्यवस्था र परामर्श क्षेत्रका उत्कृष्ट अभ्यासहरूमा विशेषज्ञता दक्षता हासिल गरि सेकेका छन् ।
भारत र नेपालमा लामो अनुभव तथा आर्थिक व्यवस्थापनमा प्राप्त गहिरो ज्ञानलाई अब जनसेवामा समर्पित गर्ने उद्देश्यले सर्लाही क्षेत्र नं. ४ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवारी घोषणा गरेको छ । जनताको प्रतिनिधी बनेर जनताको अपेक्षा पूरा, गर्र्न, सुशासन, पारदर्शिता र परिणाममुखी विकासका आधारमा सर्लाही तथा देशलाई नयाँ पहिचान दिने कुशवाहको लक्ष्य छ ।
कुशवाहा सरल, इमानदार, मेहनती, उदार, दयालु, लगनशील र लक्ष्य–केन्द्रित व्यक्तित्वका धनी हुनुका साथै युवापुस्ता, किसान, महिला तथा आम नागरिकको समस्या र आवश्यकता बुझ्ने संवेदनशील नेतृत्वकर्ता रहेको छ । अन्तर्राष्ट्रिय अनुभव, पेशागत दक्षता र स्थानीय माटोप्रतिको मायालाई मिलाएर जनताको असल प्रतिनिधी बन्न कुशवाहले उम्मेदवारी घोषण गरेको छ ।
कुशवाहको प्रतिवद्धता तथा घोषणपत्र
हामी केवल सत्ता परिवर्तन होइन, प्रणाली सुधार र नतिजामुखी शासन को राजनीति गर्न प्रतिबद्ध छौं। सर्लाही क्षेत्र नं. ४ बाट निम्न ७ प्रमुख एजेन्डासहित जनताको विश्वास जित्ने संकल्प गर्दछौं ः
१. राम्रो छवि, इमानदार र निवर्तमा सफल व्यक्तिलाई राजनीतिमा आउन प्रोत्साहनका साथ स्वच्छ छवि भएका व्यक्तिलाई सुरक्षित र सम्मानजनक राजनीतिक वातावरण ।
२. सुशासन र भ्रष्टाचारमुक्त व्यवस्था
हामी शून्य सहनशीलताको नीतिमा आधारित पारदर्शी, डिजिटल र उत्तरदायी शासन प्रणाली स्थापना गर्नेछौं । सार्वजनिक स्रोतको दुरुपयोग रोक्दै प्रत्येक रुपैयाँको हिसाब जनतासामु स्पष्ट हुनेछ ।
३. रोजगारमुखी आर्थिक विकास
उद्योग, लगानी र उद्यमशीलतालाई प्राथमिकता दिँदै युवालाई स्वदेशमै सम्मानजनक रोजगारी सिर्जना गरिनेछ । निजी तथा विदेशी लगानीमैत्री वातावरण बनाई स्थानीय अर्थतन्त्र सबल बनाइनेछ ।
४. गुणस्तरीय शिक्षा र सीप विकास
शिक्षालाई रोजगार र बजारसँग जोड्दै प्राविधिक, व्यावसायिक र अन्तर्राष्ट्रियस्तरको शिक्षा प्रणाली विकास गरिनेछ । युवालाई आत्मनिर्भर बनाउने सीपमूलक तालिम हाम्रो प्राथमिकता हुनेछ ।
५. प्रभावकारी संघीयता र संस्थागत सुधार
संघ, प्रदेश र स्थानीय तहबीच स्पष्ट अधिकार र जिम्मेवारी बाँडफाँड गरी सेवा प्रवाहलाई छरितो, प्रभावकारी र परिणाममुखी बनाइनेछ ।
६. सामाजिक न्याय, समावेशिता र दिगो विकास
महिला, किसान, श्रमिक, युवा र कमजोर वर्गका लागि समान अवसर, सामाजिक सुरक्षा र दिगो विकास लक्ष्य अनुरूप नीति कार्यान्वयन गरिनेछ ।
७. देशहित कानून निर्माण तथा संशोधन साथैं देश को सर्वांगीण विकाश को लागी व्यवसाय को लागी अनुकूल वातावरण तथा फॉरेन इन्वेस्टमेंटमा जोड़ लगायतको सुधार मुखी काम ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]