
विराटनगर, मंसिर २८ गते । अग्रेजी नयाँ वर्षको उपलक्ष्यमा २७ औं पोखरा सडक महोत्सव आउँदो पुस १३ गते देखि १७ गते हुने भएको छ ।
रेष्टुरेण्ट एण्ड बार एशोसियसन नेपाल (रेवान) पोखराको सयोजक तथा प्रथम उराध्यक्ष बसन्त गौतम सहितको टोलीले विराटनगरमा पत्रकार सम्मेलन गरी सो कुराको जानकारी गराए । प्राकृतिक सौन्दर्यले भरिपूर्ण नेपालको पर्यटकीय राजधानी पोखराको मुटु लेकसाइडमा विगत २६ वर्षदेखि अनवरत रूपमा आयोजना हुँदै आएको ’पोखरा सडक महोत्सवको २७ औं संस्करणको प्रचार प्रसार तथा निम्तो दिनको लागि विराटनगर आईपुगेको जानकारी गराए ।
“सडक मै खाउ, सडक मै नाचौं, सडक मै रमाउँ“ भन्ने मूल नाराका साथ खाना, संस्कृति र संगितलाई प्रवद्र्धन गर्ने यस महोत्सवले पोखराको पर्यटनमा मात्र नभई समग्र नेपालको पर्यटन प्रवद्र्धनमा विशेष स्थान ओगटेको गौतमले दावी गरे ।
नेपाली नागरिकले कुनै वेला अग्रेजी नयाँ वर्ष मनाउन भारतको गोवा र थाइल्याण्ड जाने परम्परा थियो । तर, पोखरा सडक महोत्सवले त्यो परम्परालाई तोड्दै पोखरालाई ’अड्रेजी नयाँ वर्षको प्रमुख गन्तव्यको रुपमा स्थापित गरि सकेको छ । अहिले पोखराको पहिचान, ’ब्रान्ड’ र गौरवमय इतिहासको अभिन्न हिस्सा वन्न सफल भएको संयोजक गौतमले जानकारी गराए ।

वेला वखतको विषम परिस्थिति र संकटका बाबजुद दिगो पर्यटनको परिकल्पनालाई सार्थक बनाउन निरन्तर लागि सुस्ताएको पर्यटन व्यवसायलाई पुनरुत्थान गर्न र ’पोखरा सुरक्षित तथा खुला छ’ भन्ने सन्देश विश्वसामु प्रवाह गर्न महोत्सवले सन्जीवनीको भूमिका खेलेको प्रेस विज्ञप्तीमा उल्लेखछ ।
सडक महोत्सवले पोखरा तथा आसपासका गाउँहरूमा उत्पादन हुने कृषि उपज, हस्तकला र घरेलु सामग्रीलाई प्रदर्शन र विक्रीको अवसर प्रदा गर्दै स्थानीय तथा ग्रामीण अर्थतन्त्रलाई गतिशील वनाउँदै क्रिसमस र नयाँ वर्षमा विदेशी पर्यटकहरूले नेपालमै बसेर रमाउन सक्ने वातावरण सिर्जना गरी विदेशी मुद्रा आर्जन गर्न सफल भएको छ ।
महोत्सवका प्रमुख आकर्षण तथा विशेषताहरू
१ सांस्कृतिक विविधताः नेपालका विभिन्न जातजातिका लोपोन्मुख सांस्कृतिक झाँकीहरू, मौलिक भेषभुषा र परम्परागत नृत्यहरूको प्रदर्शन। यो सास्कृतिक हस्तान्तरण र सरक्षणको एक महत्वपूर्ण मञ्च हुनेछ ।
२. स्वादको उत्सव (ँययम ँभकतष्खब)ि “सडकमै खाऔं’ भन्ने नारालाई सार्थक पार्दै सडकमै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिकारहरूको प्रत्यक्ष स्वाद लिन पाइने व्यवस्था ।
३. मनोरञ्जनः नेपालका ख्यातिप्राप्त राष्ट्रिय कलाकारहरूको ’लाइभ कन्सर्ट, मौलिक लोक दोहोरी गीत प्रस्तुति ।
४. साहसिक तथा खेलकुद गतिविधिः फेवा तालमा बोट रेस, वेटर रेस, रस्सा कस्सी (त्गन या ध्बच) पर्यटकहरूका लागि लक्षित विशेष खेल गतिविधिहरू ।
५. शैक्षिक तथा प्रवद्र्धनात्मक कार्यक्रमः पोखराको पर्यटनका अवसर र चुनौतीबारे विज्ञहरूसँग ’टक शो’ (त्बपि क्जयध) पोखराको सौन्दर्य झल्कने वृत्तचित्र प्रदर्शन र फोटो प्रदर्शनी हुनेछ ।
महोत्सवको मुख्य प्रायोजकः गोर्खा बुअरी प्रा लि., सह–प्रायोजकहरूः बोटलर्स नेपाल (तराईः लि., दि नेपाल डिष्टिलरी प्रा.लि, यति डिप्टीलरी प्रा.लि., नेपाल टेलिकम लगायत रहेको छ भने बैंकिङ पार्टनर सिद्धार्थ बैंक लि, प्रवद्र्धकहरू गण्डकी प्रदेश उद्योग तथा पर्यटन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, पोखरा महानगरपालिका लगायत रहेका छन् ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]