
विराटनगर, मंसिर २८ गते । सुनसरी जिल्लाको इटहरी नगरपालिका–१२ खनाहरमा नेपाल बाँतर सरदार समाज कल्याणकारी केन्द्रीय समितिको २९ औं वार्षिक साधारणसभा केन्द्रीय अध्यक्ष मखनलाल सरदारकाे अध्यक्षतामा मंसिर २० गते शनिबार सम्पन्न भएको छ ।
२९ औं वार्षिक साधारणसभालाई सम्बोधन गर्नुहुँदै नेपाल बाँतर सरदार समाज कल्याणकारी केन्द्रीय समितिका पूर्वकेन्द्रीय सभापति मोहनलाल सरदारले समाज उत्थान गर्न अहिलेको युवा पुस्ताहरु सक्रिय भएर अगाडी बढन उहाँले सुझाव दिएका थिए ।

बाँतर जातिका बाल बालिकाहरुलाई शिक्षाको क्षेत्रमा अगाडी बढाउन केन्द्रीय समिति, महिला केन्द्रीय, जिल्ला, प्रदेश, र जिल्ला युवा समितिलगायत बाँतर जातिका अगुवा र पदाधिकारीहरुलाई एक ढिकाभएर अगाडी बढन समेत आग्रह गरेका थिए । साधारणसभामा केन्द्रीय महासचिव पदमकुमार सरदारले प्रस्तुत गरेकोे आर्थिक प्रतिवेदन स्वागत योगय रहेको उहाँले प्रशंसा व्यक्त गरेका थिए ।
कार्यक्रममा बरिष्ठ उपसभापति चन्दे्रश्वर सरदार, सह–अध्यक्ष सुभाष सरदार, पूर्वजिल्ला सभापति गयानन्द सरदार, मोरङ जिल्ला सभापति अनिल सरदार, सप्तरी जिल्ला सभापति घुरन सरदार, युवा सभापति विनोद सरदार, कटहरी गाउँपालिकाकी पूर्वउपाध्यक्ष मन्जिता कुमारी सरदार र इटहरी नगरपालिका वडा नं. १२ का वडाअध्यक्ष भुवन राज पोखरेल लगायतले शुभकामना व्यक्त राखेका थिए ।
साधारणसभामा मोरङ, सुनसरी, झापा, सप्तरी, सिरहा, धनुषा र मोहतरी लगायतका सदस्यहरुले सहभागिता जनाएका थिए ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]