रामनारायण ठाकुर / सिरहा, पाैष २ गते । सिरहा जिल्लाको कर्जन्हा नगरपालिका-१० स्थित रहेकाे नागाबाबा ताल तथा नागाबाबा मन्दिर संरक्षणकाे पर्खाइमा रहेकाेछ
धार्मिक आस्था र प्राकृतिक सौन्दर्यको अनुपम संगमका रूपमा परिचित रहेकाे बन्दै गएको छ। चुरे पहाडको फेदीमा अवस्थित ताल र मन्दिर पछिलाे समयमा आन्तरिक पर्यटक तथा श्रद्धालुको आकर्षणको केन्द्र बन्दै गएको छ ।
प्रयागपुर चोकदेखि पश्चिम र मन्हार्वा चोकदेखि पूर्वतर्फ पर्ने साे क्षेत्र पूर्व-पश्चिम (महेन्द्र) राजमार्गबाट करिब तीन किलोमिटरउतरमा रहेको छ। चारैतिर हरियाली वनजंगलले घेरिएको नागाबाबा ताल शान्त, स्वच्छ र रमणीय वातावरणका कारण जो-कोहीलाई आकर्षित गर्ने खालको छ।


तालसँगै रहेको नागाबाबा मन्दिरमा पुरानो इनारसमेत रहेको छ, जसलाई स्थानीयले धार्मिक दृष्टिले महत्वपूर्ण मान्दै आएका छन् । स्थानीय जनविश्वास अनुसार श्रद्धापूर्वक पूजा-अर्चना गरे मनोकामना पूरा हुने विश्वास रहेकाे छ। जसले गर्दा विशेष चाडपर्वकाे अवसरमा टाढा-टाढाबाट समेत भक्तजनहरू आउने गरेका छन्।
स्थानीय बासिन्दाहरूका अनुसार नागाबाबा ताल तथा मन्दिरको उचित संरक्षण, पूर्वाधार विकास र प्रभावकारी प्रचार-प्रसार गर्न सकिए साे क्षेत्रलाई धार्मिक तथा आन्तरिक पर्यटनको महत्वपूर्ण केन्द्रका रूपमा विकास गर्न सकिने ठूलो सम्भावना छ। विशेषगरी यातायातको लागि सडक सुधार, खानेपानी, सरसफाइ र विश्रामस्थलको व्यवस्था भएमा पर्यटकको संख्या अझै वृद्धि हुने स्थानीयकाेभनाइ छ।


प्राकृतिक सौन्दर्य, धार्मिक आस्था र शान्त वातावरणको त्रिवेणी बनेको नागाबाबा ताल तथा मन्दिर हाल संरक्षण र प्रवर्द्धनमा स्थानीय लगायत सम्बन्धित निकायले ध्यान दिए ताल र मन्दिरले सिरहा जिल्ला कै पहिचान स्थापित गर्ने महत्वपूर्ण गन्तव्य हुन सक्ने स्थानीयकाे भनाइ छ ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]