विराटनगर, पुस १३ गते । बिकास पोदार स्मृति परिषद कटहरी–४ नयाँबजारले २ जान छात्राहरुलाई उत्कृष्ट छात्रवृति प्रदान गरेको छ ।
परिषदले पोदार स्मृतिको अवसरमा आयोजना गरेको कार्यक्रमका बीच छात्राहरुलाई उत्कृष्ट छात्रवृति शनिवार प्रदान गरेको थियो । परिषदले सेन्ट जोसेफ उच्च माध्यामिक विद्यालय कक्षा १० मा अध्ययनरत शारदा केसीलाई नगद सहित उत्कृष्ट छात्रवृति पुरस्कार प्रदान गरेको थियो । त्यस्तै भगवती आधारभूत विद्यालय कटहरी–४ नयाँबजारकी सुकुमारी किस्कुलाई गरिब तथा जेहन्दार विद्यार्थी पुरस्कार प्रदान गरेको थियो ।
पुरस्कार प्रदान गर्नुहुँदै कटहरी गाउँपालिकाका अध्यक्ष देवराज चौधरीले बिकास पोदार परिषदका लागि पालिकाले भौतिक पूर्वाधार निर्माणका लागि सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए । कार्यक्रममा परिषदका अध्यक्ष देवानन्द पोदारले बिकास पोदारको जीवनी प्रस्तुत गर्नुहुँदै परिषद मार्फत प्रत्येक वर्ष दुई जान छात्राहरुलाई नगद सहित पुरस्कार प्रदान गर्दै आईरहेको वताए ।
बिकास पोदार बिक्रम सम्वत २०३९ भदौ ७ गते कटहरी–९ नयाँबजार हालको कटहरी–४ मा बुबा देवानन्द पोदार र आमा रेनु पोदारको कोखबाट जन्म भई बिकास अध्ययनका लागि इजराईल पुग्नुभएको थियो । बिकास अचानक बिरामी भएर अल्प आयुमै २०८० साल पौष १२ गते इजराईलमा निधन भएको सुनाउँदै उहाँको निधनले पोदार परिवार मात्र होइन, सारा नेपाली रोएका थिए । बिकासको अनत्यष्ठी पशुपति आर्यघाटमा गरिएको थियो । पोदार परिवारका जेहनदार एक्लो छोरा बिकास पढाईमा निकै अबल हुनुहुन्थ्यो । बिकास पोदार सेन्ट जोसेफ उच्च माध्यामिक विद्यालयमा कक्षा ३ देखि अध्ययनको सुरुवात गरेका थिए ।
बिकासले कक्षा ३ देखि कक्षा १० सम्म प्रथम स्थान हासिल गर्नुभएको थियो । उहाँले एस एल सीमा पनि ९५ प्रतिशत अंक ल्याएर नेपाल टप हुनुभएको थियो । बिकास कक्षा १२ सम्म काठमाण्डौको पेन्टागन कलेजमा अध्ययन गरेको वताए । पोद्दारले कलेजमा पनि उतकृष्ट अंक ल्याएर पास पछि काठमाण्डौकै पुलचोक इन्जिनियरिङ कलेजमा फुल स्कलर सिपमा अध्ययन पुरा गरेका थिए ।
त्यसपछि भारतको हेदरावाजको माईक सप कम्पनीमा काम गर्न थालेको केही वर्षपछि फेरी नेपाल फर्किएर मासर्टस डिग्री गर्नका लागि इजराईल पुगेका थिए । देवको खेला कस्लाई थाह हुन्छ, र ? “आयो टप्प टिप्यो लग्यो” यस्तो अबल विद्यार्थी नेपालको होनहार बिकास पोदार यतिवेला केबल स्मरणमा मात्र सिमित रहेको छ ।
बुबा देवानन्द पोदारले बिकास पोदार स्मृति परिषदको नाममा कटहरी–५ सरदार टोल जाने नेङरा चोकको पिच बाटोमा ६ कट्ठा जग्गा प्रदान गरेको जानकारी गराउँदै संरक्षण गर्न सरोकारवाला सवैलाई उहाँले आग्रह गरेका छन् । कार्यक्रममा परिषदले अतिविपन्न परिवारका १५ जना भन्दा बढीलाई बल्याङकेट समेत वितरण गरिएको आयोजकले जनाएको छ ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]