
विराटनगर, पुस १२ गते । मोरंग कार्यक्षेत्र बनाएर पत्रकारीता गरि रहेका मकालु टेलिभिजन विराटनगरका सक्रिय पत्रकार पदमकुमार सरदार नगद सहित सम्मानित भएका छन् ।
ग्रामथानमा जेष्ठ नागरिक साझा चौतारी सेवा समाज नेपाल ग्रामथान गाउँपालिका–२ झौराहाटको १० औं वार्षिक साधारण सभाका बीच पत्रकार सरदार सम्मानित भएको छ । सरदारलाई पत्रकारिता र सामाजिक क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै सम्मानित गरेको जेष्ठ नागरिक साझा चौतारी सेवा समाज नेपालका अध्यक्ष कमलप्रसाद भट्टराईले वताए ।

कार्यक्रममा कक्षा १२ मा उत्कृष्ट अंक ल्याएर नेपाल प्रथम गरेकी छात्रा पूर्णिमा खतिवडा लगायत ग्रामथानकी आर्दश बुहाहरी दुर्गादेवी बजगाई, आसोदेवी माझी, सुशिला कुमारी चौधरी, सहित जेष्ठ नागरिहरुलाई दोसला र कदर पत्रले सम्मान गरेका थिए ।
१० औं वार्षिक साधारण सभाको उद्घाटन गर्नुहुँदै प्रतिनिधि सभाका पूर्वसभा सदस्य अमनलाल मोदी र प्रदेश सभाका सभा सदस्य जयप्रकाश चौधरी र ललिता कुमारी चौधरीले सममानीत व्यक्तीहरुलाई शुभकामना व्यक्त गरेका थिए । पूर्व प्रतिनिधी सभासदस्य मोदीले जेष्ठ नागरिक भवन निर्माणका लागि सहयोग गर्ने प्रतिवद्धता समेत जनाएका थिए ।
ग्रामथान–५ कखरमारीमा जेष्ठनागरिक भवन निर्माणधिन रहेको छ । कार्यक्रममा जेष्ठनागरिकहरुको उल्लेखनीय सहभागीता रहेको थियो।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]