
विराटनगर, पुस १४ गते । केराबारी गाउँपालिका वडा ५ लाफा टोल स्थित प्र.१-०६-००१ झ ०००४ न. को एम्बुलेन्समा १६ पाेका गाँजा सहित २ जना मानिस सहित एम्बुलेन्सलाई प्रहरीले नियन्त्रणमा लिएकाेछ ।
लुकाईछिपाई गाजा ल्याइ रहेको भन्ने सुचनाको आधारमा ईप्रका बेलबारीबाट प्रहरी निरीक्षक राजिव गिरीको टोली र इलाका प्रहरी कार्यालय केराबारी बाट प्रहरी सहायक निरीक्षक फजिन्द्र तोलाङगीको टोलीले चेकजाच गर्ने क्रममा प्रहरी टोलीलाई देख्ना साथ उक्त गाडी रोकी छाडी मानिस भाग्न खोज्दा निजहरुलाई नियन्त्रणमा लिने क्रममा प्र.स.नि. तोलाङगीले चाइनिज पेस्तोल बाट १ राउण्ड गोली फायर गरी एम्बुलेन्स चालक धनकुटा शहिद भुमि गाउँपालिका ६ बस्ने वर्ष ३५ को निश्चल राइ र सागुरिगडी गाउँपालिका-२ बस्ने वर्ष २० को खगेन्द्र लिम्बुलाई पक्ङगरेकाे थियाे।
उक्त एम्बुलेन्स सुर्य बहादुर थापा प्रतिष्ठान खाल्सा छिन्ताङ शहिद भुमी गाउँपालिका वडा नं. १ घनकुटाबाट संचालित एम्बुलेन्स र लागुआैषध गाजा समेत नियन्त्रणमा लिएकाे थियो ।
उक्त सम्बन्धमा ईप्रका बेलबारीबाट थप अनुसन्धान भईरहेको छ ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]