रामनारायण ठाकुर
मिर्चैया, पुस १५ गते । सिरहा जिल्लाको मिर्चैया नगरपालिकामा विगत २० वर्षदेखि निरन्तर रूपमा सञ्चालन हुँदै आएको श्री श्री १०८ श्री महावीर झण्डा मेला महोत्सव भव्य रूपमा सुरु भएको छ ।
संस्कृतिको संरक्षण, धार्मिक आस्था प्रवद्र्धन तथा विश्वकल्याणको कामनासहित मिर्चैया नगरपालिका–५ स्थित थाना चौक स्थित रहेको झण्डा टोलमा महावीर झण्डा मेला सुरु गरिएको हो । मेलाको पहिलो दिन विशाल झण्डा ठड्याइएर कलश सहित शोभायात्रा निकालिएको थियो ।


आयोजक समितिका अनुसार ७५ फिट अग्लो महावीर झण्डा निर्माण गरिएको छ भने मेलामा सहभागी हुने व्यापारीहरूका लागि आवश्यक व्यवस्थापन समेत गरिएको छ । मेला पुस २४ गतेसम्म सञ्चालन हुने जनाइएको छ । त्यस्तै, पुस १८ गतेदेखि २१ गतेसम्म झण्डा झर्ने प्रतियोगिता पनि आयोजना गरिनेछ ।
मेला समिति अध्यक्ष रामलोचन साहका अनुसार विगत वर्षहरू झैं यस वर्ष पनि धार्मिक तथा सांस्कृतिक कार्यक्रमसहित मेला भव्य रूपमा सञ्चालन गरिनेछ ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]