
विराटनगर, पुस २० गते । विराटनगर स्थित विराट नर्सिङ्ग होमले उच्चस्तरीय, अत्याधुनिक क्याथ ल्याब सेवा संचालनमा ल्याएकाेछ ।
विराट नर्सिङ्गले आफ्नो स्वास्थ्य उपचार सेवालाई बिस्तार गर्दै कार्डियाक, न्यूरो तथा भास्कुलर इन्टरभेन्स्नल सम्बन्धी जटिल रोगहरूको उपचारलाई छिटो, सुरक्षित र सहज बनाउने उद्देश्यका साथ उच्चस्तरीय, अत्याधुनिक क्याथ ल्याब सेवा संचालनमा ल्याएको हाे ।
हृदयाघात तथा स्ट्रोकजस्ता आपतकालीन अवस्थाहरूमा समयमै उपचार नपुग्दा ज्यान जाने जोखिम उच्च रहने सन्दर्भमा, नयाँ क्याथ ल्याब सेवाले बिराटनगर सहित नेपाल-भारत सीमावर्ती क्षेत्रका नागरिकलाई एडभान्स उपचार सुविधा सहज हुने वरिष्ठ मुटु राेग विशेषज्ञ डा. प्रशान्त साह वताए ।
एउटै छानामुनि कार्डियाक, न्युरो र इन्टरभेन्स्नल रेडियोलोजी तीनै वटा विशेषज्ञ सेवा उपलब्ध गराउने कोशी र मधेश प्रदेशको पहिलो स्वास्थ्य संस्थाको रुपमा बिराट नर्सिङ्ग होमले आफुलाई स्थापित गर्न सफल भएको विराट नर्सिङ होमका प्रमुख कार्यकारी अधिकृत (सिईयो) निकिता कार्कीले वताए ।
बिराट नर्सिङ्ग होममा जडान गरिएको प्रिमियर एलिट क्याथ ल्याब अत्याधुनिक प्रविधिमा आधारित रहेको छ, जसले कम विकिरणका साथ छिटो र सुरक्षित उपचार प्रदान गर्दछ।
अस्पतालको आकस्मिक सेवामा एमडीजीपी, दक्ष क्रिटिकल केयर टिम, सर्टिफाइड नर्स तथा प्राविधिकहरू तथा १५ शैय्याको एडभान्स सीसीयू सहित चौबीसै घण्टा आपतकालीन सेवा उपलब्ध रहने कार्कीले वताए ।
मुटुरोग तथा आपतकालीन लक्षण देखिएमा ढिलाइ नगरी तुरुन्त स्वास्थ्य जाँच गराउन अस्पतालले आम नागरिकलाई आग्रह गरेको छ ।
क्याथल्याबको उद्घाटनको अवसरमा, प्राथमिकताका आधारमा पहिलो आउने २० जनालाई क्याथ ल्याब सेवाअन्तर्गत पर्ने सम्पूर्ण प्रक्रिया पूर्ण रूपमा निःशुल्क उपलब्ध गराउनुका साथै, सीसीयू शुल्क तथा निदान सेवामा ५० प्रतिशत छुट प्रदान गरिने व्यबस्था गरको थियो । जसमा १९ जनाले यो सुविधा लिएको अस्पताल प्रशासनले जनाएको छ ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]