
रामनारायण ठाकुर,
सिरहा, पुस २२ गते । पछिल्लो सातादेखि बढेको चिसो र शीतलहरका कारण कठ्यांग्रिदो जाडोले जनजीवन प्रभावित बनेपछि लायन्स क्लब अफ मिर्चैया सिटीले सिरहा जिल्लाको मिर्चैया नगरपालिकामा फाइबर सिरक वितरण गरेको छ ।
चिसो र शीतलहरको चपेटामा परेका गरिब, विपन्न समुदायका वृद्धवृद्धा, अशक्त तथा असहाय व्यक्तिहरूलाई लक्षित गरी मिर्चैया नगरपालिका वडा नं. १, २, ५, ७ र ८ मा जम्मा ५२ थान फाइबर सिरक वितरण गरिएको लायन्स क्लब अफ मिर्चैया सिटीका अध्यक्ष रामनारायण साहले जानकारी दिए ।
अध्यक्ष साहका अनुसार लायन्स क्लब अफ मिर्चैया सिटीले मिर्चैया नगरपालिकाका १ देखि १२ वटै वडामा चरणबद्ध रूपमा फाइबर सिरक वितरण गर्ने योजना बनाएको छ ।
फाइबर सिरक वितरण कार्यक्रममा सम्बन्धित वडाका वडा अध्यक्षहरू, लायन्स क्लब अफ मिर्चैया सिटीका पदाधिकारीहरू तथा सम्पूर्ण सदस्यहरूको सक्रिय सहभागिता रहेको थियो ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]