
विरानगर, पुस २६ गते । गणेश प्रगति सेवा समाज विराटनगर–८ को १४ औं वार्षिक साधारण सभा गणेश मन्दिरको सभाहलमा भव्य रूपमा सम्पन्न भएकोछ ।
साधारण सभा प्रमुख अतिथि वरिष्ठ अधिवक्ता शिव प्रसाद आचार्यले तीनै तहको सरकारले सहयोग गर्नुपर्ने वताउँदै मन्दिरमा ४ कट्ठा ७ धुर जग्गा दान गर्ने दाता केदार प्रसाद कोईरालाई धन्यवाद दिएका थिए ।
उक्त अवसरमा श्यामसुन्दर सुतिहार, लक्ष्मी पोखरेल सुरेश चौधरी लगायत तीन दर्जन आजीवन सदस्यता लिनुहुनेहरूलाई खादा र प्रमाणपत्रले सम्मान गरेका थिए ।

गणेश प्रगति सेवा समाजका अध्यक्ष राजेन्द्र थापाले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । वहाँले २०८१÷०८२ कुल ३ लाख १९ हजार ८ सय आन्दानी र कुल खर्च १ लाख ८३ हजारको विवरण प्रस्तुत गरेका थिए ।
गणेश प्रगति सेवा समाजको स्थापक सदस्य दमन ढुगाना, वरिष्ठ अधिवक्ता रामलाल सुतिहार, प्रा.डा. देवी वहादुर थापा लगायतको उल्लेख्य उसपस्थिति रहेको थियो । गणेश प्रगति सेवा समाजको २०६० सालमा स्थापना भएको थियो ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]