विराटनगर, पुस २६ गते । सहमति शिक्षा बचत तथा ऋण सहकारी संस्था लिमिटेड विराटनगर–८ ले १३ औ साधारणसभा भव्य रूपमा सम्पन्न भएकोछ ।
साधारणसभाका प्रमुख अतिथि कोशी प्रदेश सभा सदस्य खड्ग बहादुर बस्नेतले केही सहकारीको बदमासीको कारण बदनाम भए पनि सहकारीले गर्दा नै कतिपयको जीवन सुधार भएको उदाहरण पनि छ । त्यसैले सहकारी कसरी चलाउने हो संचालक समिति र सदस्यहरमा निर्भर हुन्छ । त्यसैले यो सहकारीको म स्यम सदस्य भएकोले यो सहकारी एकदम उन्नति र प्रगतिमा रहेको वताए ।


सहमति शिक्षा बचत तथा ऋण सहकारी संस्था अध्यक्ष राजेन्द्र कुमार थापाले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै आर्थिक वर्ष २०८१–०८२ मा कुल आन्दानी ३२ लाख ६३ हजार र खर्च ३१ लाख ७४ हजार १ सय २२ रूपिया गरी ८८ हजार ९ सय ६७ आन्दनी गरेकोछ । सहकारीको कुल सम्पत्ति २ करोड ७० लाख ८८ हजार ९ सय २६ रहेकोछ । सहकारीमा ३३१ सदस्य रहेकोमा महिला १५६ र पुरूष १८७ र अन्य २ रहेका छन् ।
सहकारीले एसईईमा उत्कृष्ट अंक ल्याउने श्रेय शर्मा (४ जिपिए) लाई नगद र प्रमाणपत्र सहित सम्मानित गरिएकोछ भने आयुष्मा निरौलालाई सम्मान पत्रले सम्मानित गरेका थिए । त्यसैगरी प्लस टुमा उत्कृष्ट अंक ल्याउने राधिका रायलाई नगद सहित सम्मान र सुदिप चौधरी, संतोषी रायलाई सम्मान गरेका थिए ।


सेयर सदस्य मध्ये जेष्ठ सदस्य मणिलाल चौधरीलाई नगद सहित दोसल्ला ओढाएर सम्मान गरेका थिए । त्यसैगरी उत्कृष्ट बचत कर्ता ओमप्रकाश मेहता र प्रकाश ठाकुर साथै उत्कृष्ट रिणी प्रदीप कुमार तुलाधर र ममता कुमारी साहलाई नगद सहित सम्मान गरेका थिए । सहकारीको स्थापना २०६९ मा स्थापना गरिएको थियो ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]