
विराटनगर, पुस २६ गते । आदीवासी समुदायमा सुचीकृत भएका राजवंशी समुदायले केह्री वर्ष देखि मनाउँदै आएका भक्का÷पिठ दिवस राजवंशी समाज विकास गाउँ समिति कटहरीले भव्य रुपमा भक्का दिवस मनाएका छन् ।
भक्का दिवसका प्रमुख अतिथी भौतिक पूर्वाधार विकास मन्त्रालयका पूर्व राज्य मन्त्री मानन्रीय भूमि प्रसाद राजवंशीले सम्बोधन गर्दै भने राजवंशी समुदायमा ‘राजवंशी पहिचान बोल आर पहिरन आर खानपान’ नारा अन्तर्ग दर्जनो रितिरिवाज, रहन सहन, पूजापाठ विधीहरु रहेका छन् । त्यस मध्ये राजवंशी समुदाय खानपानमा भक्का पनि एक हो केही वर्ष देखि भक्का दिवस भव्य रुपमा मनाउँदै आएका छौ । भक्का लगायतका परिकार, पर्वहरु, पहिरणहरुको संरक्षणको लागि सम्पूर्ण राजवंशी समुदाय एक ढिक्का भएर लाग्नु पर्ने वताए ।
जाडो सिजनमा राजवंशी जातिमा भक्का खाने परम्परागत चलन छ । पछिल्लो समय भक्का चोक बजारमा खाजाको रुपमा समेत खान पाइन्छ । अग्र्यानिक र स्वस्थ्यकर हुने भएकाले भक्का विपन्न वर्गको मौसमी व्यापार समेत बनेको छ ।

भक्का खाजाको रुपमा लोकप्रिय छ । परम्परागत खाना व्यवसायी बन्दै गएपछि राजवंशी जातिले यसको संरक्षण र प्रवर्धन गर्न भन्दै केही वर्ष यता राजवंशी विकास समिति लागि परेको विशिष्ठ अतिथी पूर्व गृहराज्य मन्त्री भीमराज चौधरी राजवंशीले वताए ।
दिवसको अवसरमा राजवंशी संस्कृतिको पहिरनमा नाचगान गर्नुका साथै समाजका उच्च ओहदाका व्यक्तिहरुलाई सम्मान गर्दै मायाको चिनो वितरण गरेको थियो ।
भक्का दिवसमा आएका प्रमुख अतिथि, विशिष्ठ अतिथि, अतिथी लगायत अन्य आगन्तुक पाहुनाहरुलाई अचारसँग भक्का, आलुचप लगायतका परिकारहरु खुवाएर स्वागत गरेका थिए ।
भक्का दिवस कार्यक्रम राजवंशी समाज विकास गाउँ कार्य समिति कटहरी अध्यक्ष उमेश प्रसाद राजवंशीको अध्यक्षतामा सम्पन्न भएको थियो ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]