
विराटनगर, पुस ३० गते । समावेशी समाजवादी पार्टी नेपालले २०८२ साल फाल्गुण २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई आन्दोलनको कार्यनितीक निर्णय अनुरुप भाग लिने निर्णय गरेकाेछ।
समाजवादी पार्टीका अध्यक्ष केन्द्रीय अध्यक्ष किशोर कुमार विश्वासले नेपाल पत्रकार महासंघ माेरंगकाे सभाहलमा पत्रकार सम्मेलन गरी साे जानकारी दिएकाे हाे ।
माघ १ गते बिहिबार सुनसरी जिल्लाको दुहबी नगरपालिका ५ स्थित सरस्वती उच्च माध्यमिक विद्यालयको खेल मैदानमा पार्टी घोषणा सभा, माघी मोहत्सव र समानुपातीक सुचिका उम्मेदवारहरु र प्रत्यक्ष उम्मेदवारहरुको नाम घोषणा गर्ने अध्यक्ष विश्वासले वताए ।
समावेशी समाजवादी पार्टी नेपाल प्रतिनिधि सभकाे निर्वाचनमा १६५ स्थान मध्ये आधामा उम्मेदवारी दिलाउने र सुनसरी क्षेत्र नं. ३ वाट आफु उम्मेदवारी दिने घाेषणा अध्यक्ष विश्वासले गरे ।
हाम्राे पार्टी राजनितिक स्थिरता, भष्ट्राचार, कुशासन, बेथिती, अनियमितता, सामाजिक संजालको स्वतन्त्रता, सामाजिक, आर्थिक असमानता विरुद्ध नयाँ वैकल्पि, राजनितिक कार्यदिशा सहित स्थापना भएको जानकारी गराउदै । नेपाली काँग्रेस, एमाले, रास्पा, राप्रपा लगाएतका पार्टी र नेताहरुका भ्रष्टचार, कुशासन, नश्लीयवाद र नातावाद विरुद्ध जेन-जी पुस्ताले भदौ २३ र २४ गते विद्धोह गरेकाे वहाँले दावी गरे ।
राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामेछाने अमेरिकी दलाल, काठमाडौका मेयर बलेन साह भारतीय दलाल र कुलमान घिसिङ एमसीसी दलाल भएकाे आराेप लगाउदै वर्तमान शुशीला नेतृत्वकाे सरकार विदेशीका इशारामा बनेकाे वताए ।
वर्तमान तरल एवम संक्रमणकालिन विषम राजनितिक अवस्थामा आज सम्म प्राप्त उपलब्धहरु बहुदलिय व्यवस्था, लोकतन्त्र, गणतत्त्वत्र, संघीयता, धर्मनिरपेक्षता, समानुपातिक समावेशीता, सार्वभोमिक्ता, स्वाधिनता, मौलिक र नागरीक अधिकारहरु, तटस्थ र स्वतन्त्र न्यायपालिका, वाक स्वतन्त्रता, लगायतका उपलब्धीहरु रक्षा र संस्थागत गर्नुपर्ने प्रेस विज्ञप्तिमा उल्लेख छ ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]