
विराटनगर, माघ ३ गते । विराट योग सेवा राधाकृष्ण मन्दिर विराटनगर–१० द्धारा वनभोज (पिकनिक) कार्यक्रम सम्पन्न गरेका छन् ।
विराटनगर महानगरपालिका वडा नं. १० मै रहेको एक्वा पार्कमा आयोजना गरेको वनभोज (पिकनिक) कार्यक्रमको मुख्य आकर्षकका रुपमा योग गरु देवानन्द पोद्दार (देव वषिष्ठ) रहेका थिए । करीब ४ दर्जन योग गर्ने समूहका तर्फवाट समितिका अध्यक्ष गंगा प्रसाद दहालले करुवा, गम्छा र कोषाध्यक्ष श्याम सुन्दर सुतिहारले खादा र माला लगाएर गरुलाई सम्मान गरेका थिए ।

धार्मिक शैलिमा भएको वनभोज (पिकनिक) कार्यक्रममा योग अभ्यास, योग म्यूजिकमा नृत्य गर्दै रमाएका थिए । सोही अवसरमा गुरुले योग सम्बन्धी कविता, कथा र सतमार्गमा चल्ने बचनहरु सुनाउँदै (पिकनिक) कार्यक्रम आयोजना गरेकोमा खुशी व्यक्त गर्दै सहभागी भएका सवैलाई र योग समिमिलाई धन्यवाद दिएका थिए ।
वनभोज (पिकनिक) कार्यक्रममा योगा, नाचगान, कथा बाचन, चुटकिला गीत नृत्य बाहेक मनोरञ्जको लागि चूरा प्रतियोगीता, हण्डी फोड प्रतियोगिता, म्यूजिकल चेयरमा विजय भएका प्रतियोगिहरुलाई पुरस्कार समेत प्रदान गरेका थिए । वनभोजमा सकाहरी खानपीनको व्यवस्था गरिएको थियो ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]