
चन्दन रौनियार
सुनसरी, माघ ७ गते । विश्वभर सामाजिक सेवामा अग्रणी स्थानमा रहेको लायन्स क्लब इन्टरनेशनलको नेपाल स्थित डिस्ट्रिक्ट ३२५ आइ अन्तर्गतको ‘लायन्स क्लब अफ इटहरी सिटीले एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ।
उक्त शिविर इटहरी उपमहानगरपालिका वडा नम्बर ५ मा रहेको मकालु इंग्लिस बोडिङ स्कुलको प्राङ्गणमा नोबेल टिचिङ हस्पिटलको प्राविधिक सहयोग र इटहरी वडा ५ को सहकार्यमा एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको हाे ।
शिविरमा निःशुल्क जेनेरल मेडिसिन विभाग, प्रसूति तथा स्त्रीरोग विषेसज्ञ(पाठेघर काे मुख काे क्यन्सर जाँच), हाड–जोर्नी तथा नसारोग बिशेषज्ञ ,नाक, कान, घाँटी रोग बिशेषज्ञ,बालरोग बिशेषज्ञ,दन्तरोग चेक जाँच,रेडियोलोजी (भिडियो एक्स–रे),छालारोग जाँच, मुटु परीक्षण (इसीज), आँखाको जाँच ,जेनेरल सर्जरी, १२ प्रकारका रगत र पिसाबको जाँच गरेका थिए ।
इटहरी सिटि क्लबकी अध्यक्ष रंजना शर्माले स्थानीय समुदायको स्वास्थ्य सचेतना र स्वास्थ्य सेवामा पहुँच वृद्धि गर्न शिविरले महत्त्वपूर्ण भूमिका खेलेको बताइन् । उनले यस प्रकारका कार्यक्रमहरूले समाजमा सकारात्मक प्रभाव पार्ने विश्वास पनि व्यक्त गरिन् ।

स्वास्थ्य शिविरमा सहभागीहरूमध्ये धेरैले स्वास्थ्यसम्बन्धी परामर्श पनि पाएका थिए । जसले उनीहरूलाई आफ्नो स्वास्थ्यको ध्यान राख्न प्रोत्साहित गरेको छ । लायन्स क्लबले आगामी दिनहरूमा पनि यस्ता सामाजिक कार्यहरूलाई निरन्तरता दिने र समुदायको सेवा गर्ने अध्यक्ष शर्माले प्रतिबद्धता जनाइन् ।
उक्त कार्यक्रम क्लब अध्यक्ष रञ्जना शर्माको अध्यक्षतामा, इटहरी उपमहानगरपालिका वडा नं. ५ का वडा अध्यक्ष भीष्म कुमार घिमिरेको प्रमुख आतिथ्य अतिथिहरुमा आइपिडीजी विकास अधिकारी, एलसीआईएफ डिस्ट्रीक काेडिनेटर थानेश्वर नेल्सन ढकाल, नाेवेल मेडिकल टिचिङ्ग हस्पिटलका बजार व्यवस्थापक नवीन दाहाल, जाेन चेयरप्रशन नारायण सुवेदी लगायत क्लबका सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]