विराटनगर, माघ ८ गते । २०६५ साल देखि सात दिन हुने गरेकाे हिमान मोरङ स्पोटर्स मीट यसवर्ष आठ दिन हुने भएकाेछ ।
हिसान मोरङको अध्यक्ष अमित ढकालले नेपाल पत्रकार महासंघ माेरंगकाे सभा हलमा पत्रकार सम्मेलन गरी “शिक्षाको मूल मन्त्र, शिक्षा र खेलकुद बलियो संयन्त्र” भन्ने नाराका साथ विगतमा माघ १० गते देखि १६ गते सम्म हुदै आएकाे हिमान मोरङ स्पोटर्स मीट यसवर्ष १७ गते सम्म अर्थात आठ दिन हुने वताए ।
हिमान स्पोटर्स मिट अहिले त ब्रान्ड नै भइसकेको छ। हिमान खेल्नैका लागि कोमी प्रदेश र मधेश प्रदेश भरिका खेल प्रेमिहरु हिमान मोरङ अन्तर्गतका स्कुल कलेजमा भर्ना हुन लालयित हुन्छन् खेललाई जिबन मान्ने कतिपय अभिभावक तथा विद्यार्थीहरुका लागि हिसान मोरङ प्रशिक्षालय नै भएकाे र खेलाडी र खेल हेर्नेका लागि कुम्भ मेला नै भएकाे अध्यक्ष ढकालले वताए ।
मोरङ हिमान स्पोर्ट्स मिट् अन्तर्गत महिला र पुरुष फुटबल, पुरुष तथा महिला भलिबल, पुरुष क्रिकेट, पुरुष बास्केटबल, पुरुष कवडि, पुरुष एवम महिला टेबल टेनिस मिडल र डबल, लामो र छोटो दुरिको दौड प्रतियोगिता जम्ना इभेन्ट्सको आयोजना गरिने भएको छ।
त्यसैगरी मोरङ जिल्लाभरका सस्थागत विद्यालय र कलेजका कक्षा ११ र १२ अध्ययन गर्ने लगभग ३२ हजार विद्यार्थीहरु मध्येबाट हरेक कलेज तथा विद्यालयले आन्तरिक प्रतिस्पर्धाबाट छनौट गरी आ-आफ्ना उत्कृष्ट विद्यार्थीहरु बिच प्रतिस्पर्धा गराइ मिगल र टिम इभेन्टसमा महभागिता गराउनेछ ।
यसवर्ष फुटबलमा २४ टिम सहभागी भएका छन । जसमा बेस्ट स्कोरर, बेस्ट किपर र बेस्ट प्लेयरका साथै २३ वटा म्यान अफ द म्याच दिने तय भएको छ।
त्यसैगरी २० टिम सहभागी भएको भलिबल खेलमा बेस्ट स्पाइकर, रेजर, ब्लकर, सर्भर र डिफेन्सरका साथै १९ वटा म्यान/बोमन अफ द म्याच दिने तय भएको अध्यक्ष ढकालले वताए ।
क्रिकेट खेलमा पनि वेस्ट बलर, बेस्ट व्याट्द्म म्यान, र बेस्ट प्लेयरका साथै १३ वटा म्यान अफ द म्याच दिने तय भएको छ। हिसान मोरंगले फुटबल, भलिबल, क्रिकेट, कवडी र बास्केट बलमा प्रथम र दोस्रो हुने टिमलाइ ट्रफी र प्रमाणपत्र एबम खेलाडीलाइ मेडल र प्रमाणपत्रले सम्मान गर्ने छ ।
लामो र छोटो दुरिको दौडका साथै टेबलटेनिसमा प्रथम, दोश्रो र तेस्रो हुने महिला तथा पुरुषलाइ ट्रफी, मेडल र प्रमाणपत्रले सम्मान गरिनेछ ।
यसैगरी प्रत्येक स्कुलका कक्षा ११ को बार्षिक परिक्षामा प्रथम हुने १ छात्र र १ छात्रालाइ नगद ५ हजार तथा प्रमाण पत्र‌द्वारा सम्मान गरनेछ ।

क्रिकेट खेल बिराटनगर जुटमिल स्थित क्रिकेट मैदानमा माघ १० गतेबाट शुरुहुने भएको छ भने फुटवल माघ ११ गते बिहानको ९ बजे शहीद रंगशालामा र भलिबल, कबडि, बास्केटबल माघ १२ विहानको ९ बजेबाट डि पि एम स्कुलमा सुरु हुने भए‌को छ। यसको साथै टेवलटेनिस कवर्ड हलमा हुने पनि निश्चय भएको छ। फाइनल खेल समापन कार्यक्रम माघ १७ गते शनिवार शहिद रंगशालामा रात्रीकालिन समयमा फ्ल्डलाइटमा सम्पन्न गर्ने तय गरिएको छ।
हिमान स्पोर्ट्स मीट्को अनुमानित खर्च ३० लाख लाग्नेछ ।जसको व्यावस्थापन आन्तरिक श्रोतबाट नै गरिने भएको छ।

 

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]