
विराटनगर, माघ २१ गते । इनोभेट नेक्स्ट इम्प्याक्टको आयोजनामा ’कोशी प्रदेशमा पर्यटन’ विषयक साझा संवाद कार्यक्रम सम्पन्न भएको छ । विराटनगर स्थित पर्यटन, वन तथा वातावरण मन्त्रालयको सभाहलमा सरोकारवालाहरूको उपस्थितिमा साझा संवाद सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव डा.इन्द्रप्रसाद सापकोटाले कोशी प्रदेश सरकारले घोषणा गरेको कोशी पर्यटन वर्ष २०८२ ले प्रदेशमा पर्यटनको संस्कार र आधार निर्माणका लागि महत्वपूर्ण भूमिका खेलेको धारणा व्यक्त गर्दै उहाँले कोशी प्रदेशमा पर्यटक भित्राउने सवालमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुने भज्न्दै पर्यटन वर्षले निर्माण गरेको आधारमा टेकेर प्रदेशले पर्यटन विकासमा भूमिका खेल्ने वताए ।

कोशी पर्यटन वर्ष २०८२ का सह–संयोजक भविषकुमार श्रेष्ठले प्रदेशमा पर्यटकको स्पष्ट तथ्यांक नभएकोले कोशी प्रदेशमा कति पर्यटक आएको भनेर दाबी गर्न सक्ने अवस्था नरहेको वताउँदै उहाँले प्रदेश सरकारले निजी क्षेत्रलाई प्राथिमिकतामा राख्र्दै आएकोमा पर्यटकको गुणात्मक वृद्धिका लागि नीतिगत पहल गर्नु पर्ने सुझाव दिएका थिए ।
संवाद कार्यक्रममा पर्यटन व्यवसायी राजन श्रेष्ठले प्रदेश सरकारले भारतीय पर्यटकहरू नेपाल आउँदा खर्च गर्न प्रोत्साहन गर्ने नीति निर्माण गर्नु पर्ने वताउँदै उहाँले नेपाली सुरक्षाकर्मीहरूले भारतीय पर्यटकहरूलाई गर्ने व्यवहारमा समेत परिवर्तन आउनु पर्ने धारणा व्यक्त गरेका थिए ।
संवाद कार्यक्रममा होटल व्यवसायी बासुदेव बराल, होम–स्टे महासंघ, कोशी प्रदेशकी अध्यक्ष लिलादेवी भट्टराईलगायतले प्रदेश सरकारसँगै स्थानीय तहहरू समेत पर्यटन क्षेत्रको विकासमा महत्वपूर्ण साझेदार हुने विचार राखेका थिए ।
वसन्त अधिकारीले सहजीकरण गर्नु भएको संवाद कार्यक्रममा सरकारी, निजी तथा होटल तथा पर्यटन विषयक अध्यापन हुने शिक्षालयका विद्यार्थीहरूको समेत सहभागिता रहेको आयोजक इनोभेट नेक्स्ट इम्प्याक्टकी श्वेता आर्चायले जानकारी जानकारी गराए ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]