
विराटनगर, माघ २३ गते । माेरंग क्षेत्र नं. ५ का नेकपा एमालेका उम्मेदवार मनाेज अग्रवाललाई जिताउन बाैद्विक तथा पेशाकर्मीहरूले १०१ जनाकाे निर्वाचन परिचालन समिति गठन गरेकाे छ ।
शुक्रबार विराटनगरमा भेला भएका माेरंग क्षेत्र नं. ५ अन्तर्गत रहेका धनपालथान गाउँपालिका ७ वटै वडा, जहदा गाउँपालिका ७ वटै वडा, रंगेली नगरपालिका वडा नं. ४,५,६,७ र विराटनगर महानगरपालिका वडा नं. १३,१४,१५,१६,१७,१८ का बाैद्विक तथा पेशाकर्मीहरूकाे उपस्थितिमा डा. उद्वव पाेखरेलकाे संयाेजकत्वमा निर्वाचन परिचालन समिति गठन गरेकाे हाे ।
उक्त समितिमा सह-संयाेजक पुनम सापकोटा, राकेश सुब्बा, सचिव विनाेद यादव, सह-सचिव श्यामसुन्दर सुतिहार र काेषाध्यक्षमा कृपा देव ठाकुर रहेका छन् ।
सदस्यहरूमा २४ वटै वडावाट प्रतिनिधित्व हुनेगरी शिक्षक, कर्मचारी, प्रचार्य, कानुन व्यवसयी, पत्रकार, बुद्धिजीवी लगायतका बाैद्विक वर्गलाई समेटिएकोछ ।
सल्लाहकार समितिमा भुराज राई, एकराज भट्टराई, विरेन्द यादव, सुरेश मिश्रा, दिनेश श्रेष्ठ, राम बहादुर थापा रहेका छन् ।
साेही बाैधिक भेलाले माेरंग क्षेत्र नं. ५ आम जनतले भाेगी रहेकाेे समस्याहरू र समाधानका उपायहरू संकलन गरेका छन् । साेही अनुसारको उम्मेदवार अग्रवालकाे घाेषणापत्र तयारी गरी सार्वजनिक गर्नेछ ।
भेलामा उपस्थित सबैले सालिन, शान्त स्वभाव, निष्कलक, सामाजिक व्यक्तित्व, इमानदार उम्मेदवार मनाेज अग्रवाललाई जिताउनकाे लागि हर प्रकारले सहयाेग गर्ने प्रतिवद्वता जनाए ।
उक्त भेलामा नेकपा एमाले माेरंग जिल्ला उपाध्यक्ष सागरथापा, उप-सचिव उषा झा, क्षेत्र नं. ५ ख संयाेजक दिपक कर्ण, हमिद अजाद महानगर उप सचिव लगायतको उपस्थित रहेकाे थियो ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]