पर्साका माघ, २४ गते । मधेश प्रदेकाे बारा जिल्ला निर्वाचन क्षेत्र नं. १ मा प्रतिनिधि सभा सदस्य पदका लागि यस पटक कडा त्रीपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ।
प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा), नेकपा एमाले र नेपाली कांग्रेसका उम्मेदवारबीच मुख्य भिडन्त केन्द्रित हुँदै गएको आम मतदाता बुझाइ रहेको छ। आम जनता पार्टीबाट विजय यादव, नेकपा एमालेबाट अच्युत मैलानी र नेपाली कांग्रेसबाट सम्भु बहादुर बुढाथोकी उम्मेदवारका रूपमा चुनावी मैदानमा उत्रिएका छन्। तीनै दलका उम्मेदवारहरू प्रभावशाली र क्षेत्रीय रूपमा परिचित भएकाले प्रतिस्पर्धात्मक बन्ने अनुमान गरिएको छ।
चुनावी अभियान तीव्र बन्दै जाँदा उम्मेदवारहरू घरदैलो अभियान,  जनसम्पर्क तथा संगठन विस्तारमा सक्रिय देखिएका छन्। मतदाताबीच विकास निर्माण, कृषि, रोजगारी, शिक्षा, स्वास्थ्य सेवा, सडक तथा सिंचाइ जस्ता विषय प्रमुख एजेन्डाका रूपमा उठिरहेका छन् ।
राजनीतिक विश्लेषकहरूका अनुसार बारा–१ मा कुनै पनि दललाई सहज जित सुनिश्चित नभएको र अन्तिम समयसम्म मत परिणाम अनिश्चित रहने सम्भावना उच्च छ। त्रीपक्षीय प्रतिस्पर्धाले मत विभाजन हुने र अन्तिम नतिजा निकै रोचक हुने अनुमान गरिएको छ।
स्थानीय मतदाताले यस पटक उम्मेदवारको विगतको कार्यसम्पादन, पार्टी नीति, विकास प्रतिबद्धता र जनतासँगको सम्बन्धलाई आधार बनाएर मतदान गर्ने तयारी गरिरहेका छन्।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]