
दर्जनौ जेनजी यूवाहरु नेपाल कम्युनिष्ट पार्टी (एमाले) मा प्रवेश
रंगेली माघ, २४ गते । भदौ २३ र २४ गते जेनजी यूवाहरुले गरेको आन्दोलनमा केही अराजक व्यक्तिहरुले रंगेली नगरपालिका वडा नं. ४ कार्यालयमा आगो लगाउन आएकाहरुलाई भगाउने दर्जनौ जेनजी समुह नेपाल कम्युनिष्ट पार्टी (एमाले) मा प्रवेश गरेका छन् ।
नेकपा एमाले पार्टी रंगेली नगरपालिका कमिटीले वडा नं. ४ मा गरेको वडा विस्तारीत भेलाको अवसर पारेर करीब ५० जना जेनजी समूहका यूवाहरु नेकपा एमालेमा प्रवेश गरेका छन् ।

बौद्धिक तथा पेशाकर्मी निर्वावचण परिचालन समितिका संयोजक डा.उद्धव पोखरेल, नेकपा एमालेका नेता रामलाल साह, रुपेश मण्डल, उम्मेदवार मनोज अग्रवाल लगायतले ती यूवाहरुलाई खादा र अवीर लगाएर पार्टी प्रवेश गराएका थिए ।
ती यूवाहरुले भने हाम्रो सालिन, इमान्दार, झुठो नबोल्ने, कम बोल्ने बढी काम गरेर देखाउने यूवा उम्मेदवार मनोज अग्रवालको आकर्षण बढदै गएको छ । अग्रवाललाई जिताउन हामी जेनजी यूवाहरु मैदानमा होमी सकेको प्रतिक्रिया दिए ।
अहिले सम्म जितेर गएका उम्मेदवारहरुले मोरंग क्षेत्र नं. ५ मा खासै विकास गर्न सकेन । मनोज अग्रवालले क्षेत्र नं. ५ का कायापलट हुने गरी विकास गर्न प्रतिवद्धता जनाएकाले हामी सवै यूवा अग्रवाललाई जिताउने अभियानमा लागि सकेको यूवाहरुले वताए ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]