कपिलवस्तु , माघ २५ गते । लुम्बिनीका विभिन्न जिल्लामा कोपिया परियोजनाबारे फिल्ड सर्वेक्षण सुरू भएकाे छ।
लुम्बिनी प्रदेशकाे रूपन्देही, नवलपरासी र कपिलवस्तु जिल्लामा कोपिया परियोजना कार्यान्वयनका लागि सर्वेक्षण सुरू भएकाे परियाेजनाकी प्रमुख डा. पल्लबी कुमारी सिंह ले जानकारी दिए ।
एनएआरसीले अन्नबालीमा धानलाई प्राथमिकतामा राखेर कुल ३ वर्षकालागि विकसित प्रजातिहरूको एकीकरण, गुणस्तरीय बीउ उत्पादनमा फाेकस हुनेछ साथै कम ग्लाइसेमिक सूचकांक भएको धानको प्रजाति पहिचान गर्ने तथा साे बारेमा जागरूकता सिर्जना गर्ने मुख्य उद्देश्य रहेकाे प्रमुख सिंहकाे भनाइछ ।
लुम्बिनी प्रदेशकाे तीनवटै जिल्लामा आधारभूत सर्वेक्षण भइरहेको छ। कपिलवस्तु जिल्लासमेत समेटिएकाले धानका पाकेट क्षेत्रहरुमा अध्ययन अनुसन्धान प्रक्रिया अघि बढसकेकाे छ । राष्ट्रिय धान अनुसन्धान कार्यक्रम र राष्ट्रिय गहुँ अनुसन्धान कार्यक्रमका आधारभूत सर्वेक्षण अधिकारीहरू मिलेर साे परियाेजनाका लागि काम गरिरहेका छन्।
वरिष्ठ वैज्ञानिक योगेन्द्र आचार्यले अधिकारीहरूलाई अभिमुखीकरणसमेत दिएकाेछ। परियाेजनाले कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका-११ मा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएकाे छ।
साे कार्यक्रममा चामल संयोजक डा. मथुरा यादवले कोपिया परियोजनाको उद्देश्यको बारेमा जानकारी गराएका थिए सर्वेक्षणको क्रममा ऐनडब्लुआरपी का प्राविधिक अधिकृत राजेन्द्र यादवले पनि विभिन्न सरोकारवालाहरू बीच समन्वयलाई सहजीकरण गरेका थिए ।
मुख्यतया वसन्त ऋतुको धानको लागि कम अवधीका गुणस्तरीय बीउ र उत्पादनसमेतकाे अनुसन्धानबाट किसानकाे आर्थिक स्थिति उकास्ने उद्देश्य रहेकाे छ।
काेपया परियाेजना लुम्बिनी प्रदेशकाे धान पाकेट जिल्ला कपिलवस्तु ,रुपन्देही, नवलपरासी लगायत मधेश प्रदेशका दुई जिल्ला धनुषा र महाेतरीमासमेत लागू हुनेछ ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]