रंगेली, माघ २८ गते । मोरंग क्षेत्र नं. ५ को नेकपा एमालेका उम्मेदवार मनोज अग्रवालले रंगेली नगरपालिका वडा नं. ६ मा घरदैलो अभियानमा जनताको समस्याहरु संकलन गर्दै आफुलाई मतदान गर्न आम मतदाताहरुलाई आग्रह गरेका छन् ।
वडाका बासिन्दाहरुले अहिले पनि नागरिकता बनाउन समस्याकै कारण धेरै जना नागरिकतावाट बन्चित रहको, घर बसोवास छ बाटो छैन, कृषि, स्वास्थ्य, शिक्षा अव्यवस्थित रहेको गुनासो गर्दै धेरैले क्षेत्र नं. ५ वाट जितेर गए तर जनताको समस्या जहाँको त्यही छ । सवै नेताले अश्वासन मात्रै वाडे काम कसैले पनि नगरको गुनासो गरेका थिए ।


तपाई पनि त्यस्तै गर्नु हुन्छ कि भन्ने आम मतदातको प्रश्नमा कहाँवाट कुन पार्टी कुन नेता के गरे म भन्दिन म जितेर गएमा क्षेत्र नं. ५ को कयापल हुने गरे शिक्षा, स्वास्थ्य, कृषि विकास गर्ने प्रतिवद्धता जनाउँदै यस क्षेत्रवाट उम्मेदवारी दिएका एकपटक, दुईपटक अवसर पाए केही गरेन त्यसले एकपट मलाई अवसर दिन आग्रह गरेका थिए ।
वडा नं. ६ का पूर्व वडा अध्यक्ष रुपेश मण्डलले गरेको आवास निर्माण लगायतको कार्यको मतदाताहरुले सराहनिय काम गरेकोमा धन्यवाद दिदै अग्रवाललाई जिताउन लागि पर्ने आम मतदाताको भनाई थियो ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]