विराटनगर, फागुन २१ गते । नेपाल कम्युनिष्ट पार्टी (एमाले) माेरंग क्षेत्र नं. ४ काे उम्मेदवार जीवन घिमिरेले प्रतिवद्वता सार्वजनिक गरेका छन् ।
प्रतिवद्वता सार्वजनिक गर्दै भने फागुन २१ गते हुन गई रहेकाे प्रतिनिधिसभा नेकपा एमाले पहिलाे पार्टी बन्दैछ त्यसमा म पनि निर्वाचित भएर जादैछु मैले गरेकाे प्रतिवद्वता पुरा गर्ने वताए ।
प्रतिवद्धताहरू
> संविधानले परिकल्पना गरेको समाजवाद उन्मुख ऐन कानून निर्माणमा पहल गरिनेछ।
> भ्रष्टाचार नियन्त्रणका लागि प्रभावकारी नीति निर्माण र कार्यान्वनमा जोड दिनेछु।
> भाद्र २३ र २४ गतेका दिन ध्वस्त भएका संरचना पुननिर्माण गर्न पहल गर्नेछु।
> कटहरी, ग्रामथान र बेलबारीका ग्रामिण क्षेत्रहरूलाई तरकारी पकेट क्षेत्र घोषणा गरी बजारको प्रबन्ध गरिनेछ।
> ग्रामथानको झोराहाटमा कोल्ड स्टोर स्थापनाको लागि पहल गर्नेछु।
> मोरङ, सुनसरी र झापाकै गौरबको तमोर-चिसाङ डाइभर्सन परियोजना सञ्चालन गर्न पहल गरिनेछ।
> तत्काल सिचाइँको लागि आवश्यकता अनुसार डीप बोरिङको प्रबन्ध गर्न पहल गर्नेछु।
> किसानले विऊबिजन, मलखाद समयमा नै नपाउने अवस्थाको अन्त्य गर्नेछु।
> सिंधिया नदीको घिनाघाटदेखि जतुवा खण्डसम्मको भूभागलाई सौन्दर्यकरण गरी पर्यटन केन्द्रको रुपमा विकास गर्नेछु ।
> बेलबारीको धनपालथान तथा कटहरीको बालुघाट, ग्रामथानको बजरंगबलीलाई पर्यटकीय स्थलको रुपमा विकास गरिने छ।
> विराटनगरमा आइटी हब बनाई युवा रोजगारी सृजनाको लागि पहल गरिने छ।
> रोजगार बैंकको अबधारणा कार्यान्वयनमा जोड दिइने छ।
> श्रम बजारको आवश्यता बुझी युवा पुस्ता लक्षित प्राविधिक सिपमुलक तालिम सञ्चलन गरिनेछ।
> बेलबारी, ग्रामथान र कटहरी गाउँपालिकामा १०० बेडको अस्पताल स्थापना र सञ्चालन गर्न पहल गरिनेछ ।
> प्रदेश र संघिय सरकारसँग समन्वय गरी सस्तो र गुणस्तरीय सेवा प्रदान गर्न कोशी कोभिड अस्पताललाई पूर्ण क्षमतामा सञ्चालन गरिनेछ ।
> वैजनाथपुर रंगशालालाई स्तरउन्नति गरी पूर्ण क्षमतामा सञ्चालनमा गरिने छ।
> ग्रामथानमा जेष्ठ नागरिक ग्राम निर्माण कार्यलाई अघि बढाउन पहल गरिने छ।
> जनता आवास कार्यक्रम मार्फत घरवारबिहिनहरूलाई बसोबासको प्रबन्ध गरिने छ।
> ग्रामथानमा सडियो धामीको नाममा थारु संग्रहालय तथा होमस्टे निर्माण गर्न पहल गरिनेछ।
> अब्यबस्थित बसोबासी, भूमिहिन तथा सुकुम्बासी समस्याको समाधानको लागि जग्गा धनीपुर्जा वितरण गर्न पहल गरिने छ।
> अधुरो रहेको विराटनगर रिङ्गरोडको निर्माण कार्य सम्पन्न गरि सञ्चालन गर्न पहल गरिनेछ।
> नेताचोक, कसेनी हुँदै केरौनजाने नहरको बाटो कालोपत्रे गर्न पहल गरिनेछ।
> नयाँ बजार-भौडाहा-थलाहा-मोतीपुर हुँदै बेलबारी जाने बाटो निर्माणका लागि पहल गरिनेछ।
> सिंधिया, लोहन्द्रा र चिसांग खोलाको कटान क्षेत्रमा तटबन्धको प्रबन्ध गरिनेछ ।
> बारू, सतार, मुसहर, झागड, बातर, मुस्लिम, लगायत सिमान्तकृतहरूको भाषा, संस्कृतिको सरक्षण गरिनेछ।
> कटहीमा रेलवे स्टेसन निर्माण गरी भारतको बथनाहादेखि कटहीसम्म रेलसेवा सञ्चालन गरिनेछ।
> बेलबारी वडा नं. ५ र ६ जोड्ने झोलुङ्गे पुल निर्माण गरिने छ।
> बिराटनगर, कटहरी, ग्रामयान र बेलबारीका डुवान हुने क्षेत्रहरूमा बाढी निकासको यथोचित प्रबन्ध गरिनेछ ।
> वर्तमान सरकारले स्वास्थ बिमा वापत प्रदान गर्दै आएको सुबिधा कटौती गरि रु. २५ हजार निर्धारण गरेकोमा पून रु एक लाख नै कायम गरिने छ।
> सामाजिक सुरक्षा कार्यक्रमलाई थप प्रभावकारी बनाई श्रमिकहरुको हितको रक्षा गरिनेछ।
> स्वदेशी उद्योगी तथा व्यवसायीहरूलाई प्रोत्साहन गर्न लागनीमैत्री वातावरण तयार गरी वैदेशिक लगानी भित्र्याउन पहल गरिनेछ।
> स्रष्टाहरूको सम्मानमा विशेष कार्यक्रमहरू सञ्चालनका लागि पहल गरिनेछ।
> सामुदायिक तथा संस्थागत बिद्यालयहरूको शैक्षिक गुणस्तर सुधारको नीतिगत ब्यबस्था गरिनेछ।
उम्मेदवार घिमिरेले प्रतिवद्वता सार्वजनिकसंगै काेशी प्रदेश सभा सदस्य र मन्त्री भएकाे वेला गरेका जनमुखी कामहरकाे फेहरिस्त प्रस्तुत गरेका थिए ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]