विराटनगर, फागुन १ गते । मोरङ उद्योग व्यापार संघको महिलाउद्यम समितिले उदय परियोजना सहजीकरण ईकाई, कोशी प्रदेश सँगको सहकार्यमा ‘कोशी प्रदेशका महिला उद्यमी र उदयीमान अवसरहरु’ (उमेन आन्टरप्रेनर्स एण्ड इमर्जीङ अपर्चुनिटिज इन कोशी प्रोभिन्स) विषयक अभिमुखिकरण शुक्रवार सम्पन्न गरेको छ ।
कार्यक्रममा प्रमुख अतिथि संघका वरिष्ठ उपाध्यक्ष अनिलकुमार साहले महिलाउद्यमशीलताको विकास एवं प्रवद्र्धनका लागि संघको महिला उद्यम समितिले खेलिरहेको भुमिका प्रशंसनीय रहेको उल्लेख गर्दै उदय परियोजना समेतको समन्वयमा समितिले कोशी प्रदेशका उदयीमान अवसरहरुको पहिचान गराई महिला उद्यमीहरुलाई लाभान्वित तुल्याउने उद्देश्यले संचालन गरेको अभिमुखिकरण कार्यक्रम प्रभावकारी रहेको र सो प्रकारका कार्यक्रमलाई निरन्तरता दिन संघ प्रतिवद्ध रहेको जानकारी गराएका थिए ।
कोशी प्रदेशका महिला उद्यमीहरुको वित्तीय व्यवस्थापन, बचत, लगानी, अवसरहरुको पहिचान तथा व्यवसायिक दिगोपनामा सकारात्मक योगदान पु¥याउने उद्देश्यका साथ आयोजित उक्त अभिमुखिकरणमा उदय परियोजना मार्फत साना तथा मझौला उद्यमहरुका लागि आवश्यक पुँजी उपलब्ध गराउने प्रकृया, माध्यम लगायतका विषयहरु समेटीएको थियो । उक्त कार्यक्रममा उदय परियोजना सहजीकरण ईकाई, कोशी प्रदेशले अभिमुखिकरण प्रदान गरेको थियो ।
महिला उद्यमीहरुको सशक्तिकरण नै समग्र समाज र राष्ट्रको आर्थिक समृद्धिको आधार हो भन्ने विश्वासका साथ महिलाहरुले आफ्नो लगनशीलता, सिर्जनशीलता र मेहनतबाट व्यवसायिक क्षेत्रमा उल्लेखनीय सफलता हासिल गरिरहेको उदृत गर्दै शर्माले आजको कार्यक्रमले पनि महिला उद्यमीहरुलाई ज्ञान र प्रेरणाहरुले मार्गदर्शन प्रदान गर्न, नयाँ अवसरहरु पहिचान गर्न, आफ्नो व्यवसाय विस्तार गर्न तथा आर्थिक रुपमा अझ सशक्त बन्न महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गरेको थियो ।
संघका निवर्तमान अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य नवीन रिजाल, आर्थिक मामिला तथा योजनामन्त्रालय, कोशी प्रदेशकी वित्त तथा वित्तीय क्षेत्र व्यवस्थापन शाखा प्रमुख राजकुमारी राई, उद्योग, कृषितथा सहकारी मन्त्रालयका प्रतिनिधि, उदय परियोजना सहजीकरण ईकाई, कोशीप्रदेशका विडीएस लिड विष्णु काफ्ले, रिस्क सेयरिङ लिड उत्सव घिमिरे, टिएएफ लिड मोहन गौतम लगायतका प्रतिनिधिहरु, मोरङ उद्योग व्यापार संघका पदाधिकारीहरु, कार्यसमिति सदस्यहरु सहित उक्त कार्यक्रममा विभिन्न स्थानीय निकायका उद्यम विकास समितिका प्रतिनिधिहरु, विभिन्न संघ–संस्थाका महिला उद्यम समितिकी संयोजकहरु, सदस्यहरु, महिलाउद्यमीहरु, सञ्चारकर्मीहरु लगायतको उल्लेख्य उपस्थिति रहेको थियो ।
मोरङ उद्योग व्यापार संघको महिलाउद्यम समिति संयोजक श्रुति शर्माले संघको महिला उद्यम समिति सदैव महिला उद्यमीहरुको सशक्तिकरण, क्षमता अभिवृद्धि, आत्मनिर्भरता तथा व्यवसायिक विकासका कार्यहरुमा अग्रसर रहँदै आएको र महिला उद्यमीहरुलाई आवश्यक पर्ने ज्ञान, सीप, अवसर र सहकार्यको वातावरण सिर्जना गर्न आफ्नो समितिले निरन्तर रुपमा अभिमुखि करण, तालिम, अन्तरक्रिया लगायतका सहयोगात्मक कार्यक्रमहरु सञ्चालन गर्दै आएको वताएको थियो । साथै, महिला उद्यमीहरुलाई आर्थिक रुपमा सक्षम, आत्मविश्वासी र दिगो व्यवसाय सञ्चालन गर्न सक्षम बनाउन आफू सधैं प्रयासरत रहेको बताउँदै संयोजक शर्माले हालको परिवर्तित र प्रतिस्पर्धात्मक व्यवसायिक परिवेशमा महिलाहरुको भूमिका झन् महत्वपूर्ण बन्दै गएको जनानकारी गराउँदै अभिमुखिकरण सम्पन्न भएको थियो ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]