
चन्दन कुमार रौनियार
सुनसरी, फागुन ३ गते । प्राथमिक तह स्तरीय अङ्ग्रेजी माध्यमको जिल्ला स्तरीय अन्तर-विद्यालय हिज्जे प्रतियोगिता सम्पन्न भएकाेछ ।
प्रतियोगितामा जिल्ला भरिका पालिका २० विद्यालयका ६० जना छात्र/छात्रा सहभागी थिए ।उक्त प्रतियाेगितामा समग्र विद्यालय तर्फ सिद्धार्थ शिशु सदन धरान प्रथम, सन बिम स्कुल दुहबी द्वितीय, नव किरण इग्लिश बोडिङ रामधुनि ,
तृतीय र डिपोट स्कुल धरान सान्तावना भएका विद्यार्थीहरुलाई ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरिएको थियो।
समारोहमा प्रमुख अतिथि जिब प्रसाद गुुरागाई
बिधार्थिहरुको लुकेको प्रतिभालाई उजागर गर्न यस्ता कार्यक्रमहरूको महत्त्वपूर्ण भूमिका रहेको बताए। ‘विद्यार्थीहरूको प्रतिभालाई बाहिर निकालेर उनीहरूलाई प्रोत्साहन दिनुका साथै अंग्रेजी भाषाप्रतिको रुचि बढाउन यस्तो हिज्जे प्रतियोगिता अत्यन्त महत्त्वपूर्ण छ,’ उनले भने। उनले अंग्रेजी भाषाको शुद्ध उच्चारण र हिज्जे लेखाइमा दक्षता हासिल गर्न यस्ता प्रतियोगिताहरूले विद्यार्थीहरूलाई उत्प्रेरणा ‘यस्ता शैक्षिक प्रतियोगिताहरूले विद्यार्थीहरूको क्षमता विकासमा महत्त्वपूर्ण योगदान पुर्याउँछ।
कार्यक्रममा जिल्ला प्याब्सन
बरिसष्ठ उपाध्यक्ष रमेश कार्की उपाध्यक्ष गणेश भण्डारी ,बिजय कुमार राई ,निरज नेपाल , रामधुनी नगर अध्यक्ष अचुत ढकाल दुहबी अध्यक्ष सुशील शाक्य लगायत जिल्ला पदअधिकारी लगायतको सहभागिता रहेकाे कार्यक्रम संयोजक धरान नगर प्याब्सन अध्यक्ष दिपक घिमिरेले बताए ।
निजि तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) जिल्ला कार्यसमितिद्वारा आयोजित होटेल सन्धया इनमा आयोजित प्रतियोगिता जिल्ला प्याब्सनका अध्यक्ष थानेश्वर ढकालको सभापतित्वमा सम्पन्न भएकाे थियो ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]