
पित्री शाेकमा रहेका ढकालद्वारा प्रतिवद्वतापत्र सार्वजनिक विराटनगर, फागुन ३ गते । माेरंग क्षेत्र नं. ६ प्रतिनिधिसभा सदस्यको उम्मेदवार, नेकपा (एमाले) का विनाेद ढकाल पित्री शाेकमा रहेकै अवस्थामा प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन् ।
आफ्नै निवासी विराटनगर-५ सम्झना चोकमा नेकपा एमालेका विभिन्न तह तप्काका नेता र पत्रकारहरूको बीचमा प्रतिवद्वता सार्वजनिक गरेकाे हाे ।
संविधानले परिकल्पना गरेको समाजवाद उन्मुख नेपाल बनाउन, स्थिर सरकार र सुशासनका लागि संविधान संशोधन आवश्यक छ भन्ने मान्यता राख्दै निर्वाचन क्षेत्रका जनताका सरोकारमा प्रतिबद्धता प्रस्तुत गरेकाे थियोे ।
हामीले भोट मात्र मागिरहेका छैनौं काम पुरा गर्ने अवसर खोजिरहेका छौं भन्ने नाराका साथ ३० बुद्वे प्रतिवद्वता पत्र सार्वजनिक गरेका छन् ।
प्रतिवद्वताहरू बुद्वागत रूपमा
१. विराटनगरको ढल निकास र डुबान समस्या समाधान गर्न गुरुयोजना बनाई लागू गर्ने ।
२. चक्रपथसहितको प्रमुख सडक स्तरोन्नति गरी कालोपत्रे बनाउने ।
३. गछिया, बुढीखोला केशलिया र सिंगिया नदी नियन्त्रण गर्न विशेष योजना ल्याउने ।
४. बन्द भएका र रुग्ण उद्योगलाई पुनः सञ्चालनमा ल्याउन पहल गर्दै मजदुरको हितमा विशेष कार्यक्रम ल्याउने र साना तथा घरेलु उद्योगको प्रवर्द्धन गर्ने ।
५. गुणस्तरीय विद्यालय शिक्षा र ‘स्मार्ट क्लास रुम’को नीति लागू गर्न पहल गर्ने।
६. जेन्जीहरूलाई आधुनिक प्रविधिमार्फत नव प्रवर्द्धनात्मक सिकाई र उच्च शिक्षाका विद्यार्थीका लागि ‘पढ्दै, कमाउँदै’ कार्यक्रम लागू गर्ने।
७. विश्वविद्यालय र क्याम्पसहरूलाई सुव्यवस्थित गरी स्वरोजगार मूलक शिक्षा लागू गर्ने र यस क्षेत्रका लागि विशेष छात्रवृत्ति कार्यक्रम ल्याउने ।
८. मदरसा र गुरुकुलसहित धार्मिक विद्यालयलाई सुव्यवस्था र सुविधा वृद्धि गरी विश्वविद्यालयको शैक्षिक कार्यक्रमसँग जोड्ने ।
९. मठमन्दिर, मस्जिद, चर्च, गुम्बा, थान आदि सांस्कृतिक धरोहरहरूको संवर्द्धन गर्ने ।
१०. थारु समुदायको भाषा, संस्कृति, चाड, पर्व र रीतिरिवाजको संरक्षण गर्दै समय अनुसारको विकास गर्ने।
११. सरकारी तथा निजी अस्पतालमा यस क्षेत्रका विपन्न तथा गरिब नागरिकको सहज पहुंच बनाउने।
१२. मल, खाद तथा बीउ समयमै उपलब्ध गराउने व्यवस्था गर्दै कृषि सिंचाइको प्रबन्ध र अर्गानिक क्षिलाई व्यवसायीकरण गर्नेको
१३. कृषि उपज संकलन केन्द्र र शीत भण्डार सञ्चालन गर्न प्रोत्साहित गर्ने।
१४. सुन्दरहरैचाको छ पोखरी, बुढीगंगाको सिंगिया खोला र बौराहाको मधुपार्कसहित अन्य पार्कहरूको स्थापना र प्रवर्द्धन गर्ने, हसिना सिमसारलाई पर्यटकीय क्षेत्र बनाउने।
१५. कोशी नहरको विराटनगर शाखा कोरिडोर, गछिया र बुढीखोलामा एकातर्फ सडक र अर्को किनारालाई सुन्दर र हरियाली बनाउने। खुला व्यायामशाला र मिनिपार्क स्थापना गर्ने।
१६. निर्वाचन क्षेत्र स्तरीय रंगशाला, आवश्यकता अनुसार खेलमैदान र कबर्ड हल बनाउँदै युवालाई खेल र रचनात्मक कार्यमा प्रोत्साहित गर्ने। लागू औषध दद्व्र्व्यसनीविरुद्ध सचेतना जगाउने।
१७. नवप्रवर्तनलाई प्रोत्साहित गर्ने, युवा उद्यमीलाई बिना धितो ऋणको व्यवस्था मिलाउन पहल गर्ने । र, नवयुवालाई स्वरोजगार मूलक तालिममार्फत उद्यमशीलता विकास गर्ने ।
१८. ज्येष्ठ नागरिक, अपांग, दलित र एकल महिलाको सामाजिक सुरक्षा भत्ता बढाउन पहल गर्ने।
१९. अव्यवस्थित बसोबासी र सुकुम्बासी समस्या सम्बोधन गर्ने ।
२०. विपन्न परिवारका लागि निःशुल्क विद्युतीय चुल्हो कार्यक्रम सञ्चालनमा पहल गर्ने।
२१. चारकोसे जंगल क्षेत्रमा हात्तीको र हातीमूढामा बाँदरको आतङ्ग नियन्त्रण गर्न पहल गर्ने।
२२. सहकारी र माइक्रोफाइनान्सको चर्को व्याजबाट विपन्न नागरिकलाई राहत दिने।
२३. सिटी रिक्सा चालकलाई सङ्गठित गरी सहुलियत दरमा चार्जिङ सुविधा उपलब्ध गराउने।
२४. उत्तरी मोरङको गछियालाई केन्द्र बनाई प्रशासनिक कार्यालयहरू स्थापना गर्न पहल गर्ने।
२५. विगतमा कमरेड लालबाबु पण्डितले सुरु गरी अधुरो रहेका परियोजनाहरूलाई प्राथमिकताका साथ पूरा गर्ने।
२६. पूर्वाञ्चल विश्वविद्यालयबाट हसिना सिमसार जाने पर्यटन मार्ग (सुन्दरहरैंचा ६ र ७ जोड्ने) र गछिया र गोठगाउँलाई (वडा नं ३ र ४ लाई) जोड्ने पक्की पुल निर्माण गर्ने।
२७. कोडिया चौक पश्चिम सुकचर खेलमैदानछेउ बुढी खोलामा पक्की पुल निर्माण गर्ने।
२८. गछिया आधारभूत प्राविदेखि पूर्व (वडा नं. ६.२ ७ लाई जोड्ने) झोलुङ्गे पुल निर्माण गर्ने।
२९. नेताचोकबाट खनार हुदै भाइरल पुल जाने नहर किनारको सडकमा कालोपत्रे गर्ने।
३०. मिलनचोक-कमलपुर-जोगियारे हुँदै मृगौलिया जाने भूवनेश्वर सडक चौडा गरी कालोपत्रे गर्ने।
साथै पूर्व सांसद क लालबाबु पण्डितको कार्यकालमा यस क्षेत्रमा रू.५ अर्बभन्दा बढीको विकास निर्माण भएको र त्यसपछि यस क्षेत्रमा विकास निर्माणको काम ठप्प भएको यहांहरूलाई अवगत नै छ। स्पष्ट छ, जनताको पक्षमा काम गर्ने पार्टी नेकपा (एमाले) नै हो। नेपालमा तीन तहका सरकारको कार्यक्षेत्र अलग अलग छन् । म संघीय सांसदको हैसियतले स्थानीय र प्रदेश सरकारसँग समन्वय र सहकार्य गर्दै क्षेत्रको विकासको नेतृत्व वताए ।
भ्रष्टाचार गरेर वा कामै नगरी तपाइँहरूको शिर झुकाउने काम म बाट हुनेछैन । सूर्यमा मतदान गरी सेवा गर्ने अवसर दिन अनुरोध गरेका थिए ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]