
विराटनगर, फागुन ५ गते । जनता समाजवादी पार्टी नेपाल पार्टीबाट माेरंग क्षेत्र नं. ५ मा तेस्रो पटक प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका राजकुमार यादवले “समृद्ध कृषि, शिक्षित यूवा, स्वस्थ समाज र दिगाे पूर्वाधा यही हाे माेरंग क्षेत्र नं. ५ काे उज्वल भविष्यकाे आधार” नाराका साथ आफ्नो प्रतिवद्वतापत्र सार्वजनिक गरेकाे छ ।
वहँले जनतामुखि प्रतिवद्वतापत्र ७ वटा बुद्वामा समेटिएको छ । शिक्षा : अब सम्झाैता हाेईन गुणस्तर चाहिन्छ, स्वस्थ्य : उपचार हाेईन अधिकार, राेजगार : यूवा विदेश हाेईन अवसर, कृषि : किसानकाे पसिना अब सम्मानित हुनेछ, पूर्वाधार : विकास देखिने गरी, पर्यटन : पहिचानबाट समृद्धि, संरक्षणबाट विकास रहेकाेछ ।
प्राविधिक तथा सीपमुलक शिक्षा, बन्द उद्योग पुनः सन्चालन नयाँ उद्योग स्थापना, सुरक्षित खानेपानी विद्युत विस्तार, राजाको ऐतिहासिक दरबारको संरक्षण तथा सौन्दमकरण, भौतिक सांस्कृतिक तथा ऐतिहासिक, धार्मिक, धराेहरहरू लाई संरक्षण सम्बर्द्धन लगायतका प्रतिवद्वतापत्रमा समेटिएको छ ।
त्यसैगरी भ्रष्टाचार विरूद्व शुन्य सहनशीलता, जनताकाे अवाज सडक देखि सदनसम्म बुलन्द, सुकुम्बासीलाई अधिकार, आवास र सम्मान, मोरङ क्षेत्र नं. ५ लाई विकासको नमुना क्षेत्र बनाउने अटुट संकल्प लिएकाे उम्मेदवार यादवकाे भनाइछ ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]