विराटनगर, फागुन ५ गते । विराट राजवंशी समुदयलाई आदिवासी जनजातिमा सुचीकृत लगायतका माग पुरा गराउन १८ वर्षदेखि लागि रहेकाे भए पनि बहिराे सरकार हाम्रो माग नसुन्नेकाे विराट राजवंशी समेदयले लगाएका छन्।
राजवंशी समाज उत्थान समिति (विराट) केन्द्रीय कार्यसमितिका अध्यक्ष भुवनेश्वर मण्डलले फागुन ६ गते बिराटनगरमा आयोजना गर्न लागेको बृहत भेला तथा र्याली सम्बन्धमा जानकारी गराउन आयाेजना गरिएकाे पत्रकार सम्मेलन समुदायकाे बुद्धिजीवीहरूले साे आराेप लगाएका हुन् ।
विगत १८ वर्ष देखि बिराट राजवंशीलाई आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानमा छुट्टै सुचिकृत गर, राज्यको हरेक अंङमा विराट राजवंशीको स्थान सुनिश्चित गर, कोशी प्रदेशसभा सदस्यमा समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर, विराटनगरको प्रथम जातिको रुपमा बिराट राजवंशीलाई घोषना गर, राज्यको प्रत्येक तह र अंगमा छुट्टै आरक्षणको व्यवस्था गर, विराट राजवंशी बसोवास गर्ने विराट राजवंशी स्वायत्त परिषद घोषणा गर, विराट दरवारलाइ पर्टकीय क्षेत्रको रुपमा विकास गर, कोशी प्रदेश भित्र सार्वजनिक विदा घोषणा गर लगायतको ८ बुंदे माग सहित १९ औ बृहत् भेला आयोजना गर्न अध्यक्ष राजवंशीले जानकारी गराए ।
केन्द्रीय अध्यक्ष राजवंशीले भने सरकारलाई विराट राजवंशीको छुट्टै पहिचानको विषयमा पटकपटक जानकारी गराउँदा पनि वास्ता नगरी सरकार बहिराे बनी टुलुटुलु हेरी रहेकाे आराेप लगाए ।
सरकारलाई फेरी सुनाउने गरी फागुन ६ गते १९ औं बृहत भेला तथा र्याली गर्ने लागेका छाै आसन्न निर्वाचन सकिए पछि दवाब स्वरुप संघर्षका कार्यक्रमहरु अगाडी बढाउने जानकारी गराउँदै र्यालीकाे लागि राजवंशी चोकमा भेला भएर मोटरसाइकल र्‍याली गरी बिष्णु माया पुस्तकालयमा बृहत् भेला हुने भएकाेले विराट राजवंशी समुदायले आफ्नो भेषभूषा पहिरणमा सहभागी हुन सम्पुर्ण विराट राजवंशी समुदायहरूलाई आग्रह गरेका छन् ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]