विराटनगर, फागुन ९ गते । रोजगारदाता, ट्रेड युनियनका प्रतिनिधि, योगदानकर्ता, कोषका प्रतिनिधिहरूको उपस्थितिमा सामाजिक सुरक्षा कोष सम्बन्धी वृहत् अन्तरक्रिया सम्पन्न सम्पन्न भएकाे छ ।
अन्तरक्रिया कार्यक्रममा बोल्दै सामाजिक सुरक्षा कोषका निमित्त कार्यकारी निर्देशक कुष्ण अधिकारीले कोषको स्थापना प्रत्येक श्रमिक योगदानको आधारमा पेन्सन (निवृत्तभरण भत्ता) प्राप्त गर्ने योग्य हुने भन्ने सिद्धान्तमा आधारित रहेको बताए । उहाँले कोषको स्थापना नागरिकको राज्यप्रति भरोसा वृद्धि गर्ने संयन्त्रको रूपमा भएको धारणा राखेका थिए ।
उहाँले कोष स्थापनाको ६ वर्ष मात्रै भएकोले अन्तर्राष्ट्रिय अभ्यासहरूबाटै सिक्दै देखापर्ने कानुनी जटिलतालाई निराकरण गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त समेत गरेका थिए ।
त्यसैगरी सिएनआई कोशीका कार्यवाहक अध्यक्ष प्रकाश मून्दडाले कोषले सम्पूर्ण पक्षको हितलाई प्राथमिकता दिनु पर्ने धारणा व्यक्त गर्दै योगदानकर्ताको समग्र हितमा कोषको भूमिका अत्यन्त महत्वपूर्ण रहेको वताए ।


सिएनआईका केन्द्रीय उपाध्यक्ष भीम घिमिरेले अन्तरक्रियामा उठेका विषयहरू महत्त्वपूर्ण रहेको सो विषयहरूलाई सम्बोधन गर्न परिसंघ लागि पर्ने बताउदै कोषलाई अझ व्यापक र बृहत् सहभागिता मूलक बनाउन परिसंघले आवश्यक भूमिका निर्वाह गर्ने जानकारी दिएका थिए ।
सामाजिक सुरक्षा कोष विराटनगरका कार्यलय प्रमुख दिपकराज भट्टले कोषको भूमिकाको विषयमा प्रस्तुतिकरण गरेकाे थियो । नेपाल उद्योग परिसंघ (सिएनआई) कोशी प्रदेश समितिको आयोजनामा भएकाे अन्तरक्रियामा उद्योगी, ट्रेड युनियनका प्रतिनिधि, कोषमा आवद्ध अस्पतालका प्रतिनिधिहरूको सहभागिता रहेको सिएनआई कोशीका महानिर्देशक विजयहरि शर्माले जानकारी दिए ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]