
विराटनगर, फागुन ११ गते । फागुन २१ हुने प्रतिनिधिसभा निर्वाचनको समय जति नजिकिँदै जाँदा मोरङ क्षेत्र नं. ५ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार मनोज अग्रवालको घरदैलो अभियान प्रभावकारी बन्दै गएको छ ।
अग्रवालले घरदैलो अधियान मोरंगको पुरानो सदरमुकाम रंगेलीवाट सुरु गरेका थिए । रंगेली नगरपािलिका वडा नं. ४, ५, ६ र ७ का साहुटोल, तेतरीटोल, ननकारटोल, धनापट्टी, आमगाछी, लगायतको विभिन्न गाउँ–टोल, बस्ती र बजार क्षेत्रमा पुगेर मतदातासँग प्रत्यक्ष भेटघाट तथा संवाद र समस्याहरु संकलन गर्दै आफूलाई मतदान गर्न अग्राह गर्देै आगाडी बढेका थिए ।
मतदातासँगको भेटघाटमा उनले मोरङ–५ को समग्र विकास, दिगो पूर्वाधार निर्माण, गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा विस्तार, कृषिको आधुनिकीकरण तथा युवालाई स्वदेशमै रोजगारी सिर्जना गर्ने विषयलाई आफ्नो मुख्य चुनावी एजेण्डा बनाएको बताएका छन् ।
अग्रवालको घरदैलो अधियान सिदै विराटनगर महानगरपालिका वडा नं. १३, १४, १५, १६, १७ र १८ का मतदताहरुसंग भेटघाट गर्दै भने म “जनताको विश्वास जितेर विकासलाई गति दिनु मेरो मुख्य उद्देश्य हो । यहाँका आधारभूत समस्या समाधान गरी क्षेत्रलाई समृद्ध बनाउने स्पष्ट योजना लिएर मतदातामाझ आएको छु,” अग्रवालको भनाई थियो ।
अभियानका क्रममा स्थानीयले सडक स्तरोन्नति, ढल तथा खानेपानी व्यवस्थापन, विद्युत आपूर्ति सुधार, स्वास्थ्य चौकीको स्तरोन्नति, विद्यालयको शैक्षिक गुणस्तर सुधार, ग्रामथानको संरक्षण र विकास तथा बेरोजगार युवाका लागि अवसर सिर्जनाको माग राखेका छन् । अग्रवालले जनताबाट प्राप्त सुझावलाई आफ्नो कार्ययोजना र प्राथमिकतामा समेट्ने प्रतिबद्धता जनाएका थिए ।
धनपालथान र जहदाको विभिन्न टोलहरुमा घरदैलो गरी धनपालथानको कर्सियाबजारमा ¥याली समेत प्रदर्शन गरेका थिए । उक्त ¥यालीमा स्थानीय नेता–कार्यकर्ता, युवा, महिला तथा समर्थकहरूको सक्रिय सहभागिता देखिएको थियो । विभिन्न स्थानमा मतदाताले उत्साहपूर्वक अग्रवालप्रति सकारात्मक प्रतिक्रिया दिएको पार्टी स्रोतले जनाएको छ । चुनावी प्रचारका क्रममा जनताको सहभागिता र समर्थन उल्लेखनीय रूपमा बढ्दै गएको एमाले संचार विभागको दाबी छ ।
अग्रवालले घरदैलो अभियानसँगै साना–ठूला कोणसभा, अन्तरक्रिया तथा समुदायस्तरीय छलफल कार्यक्रमलाई पनि निरन्तरता दिएका छन् । किसान, व्यवसायी, शिक्षक, बुद्धिजीवी, युवा र महिला समूहसँग छुट्टाछुट्टै भेटघाट गर्दै उनीहरूका क्षेत्रगत समस्याबारे जानकारी लिने र समाधानका उपायबारे छलफल गर्ने कार्य भइरहेको छ ।
चुनावी माहोल तातिँदै जाँदा मोरङ–५ मा प्रमुख दलहरूबीच प्रतिस्पर्धा बढेको छ । यसबीच अग्रवालको सक्रियता, निरन्तर जनसम्पर्क र संगठनको परिचालनका कारण चुनावी माहोल आफ्नो पक्षमा बन्दै गएको एमाले नेताहरूको विश्वास छ ।
मोरंग क्षेत्र नं. ५ मा नेकपा ऐमालेका उम्मेदवार मनोज कुमार अग्रवाल, नेपाली काँगे्रेसका उम्मेदवार फूलकुमार लालवानी, नपाली कम्युनिष्ट पार्टीका शिवकुमार मण्डल, राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदावर आशा झा, राष्ट्रिय उर्जाशील पार्टीका योगेन्द्र मण्डल बीच प्रतिस्पधा हुने देखिएको छ ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]