विराटनगर, फागुन १५ गते । न्युरो कार्डियो एण्ड मल्टिस्पेसियलिटी हस्पिटलमा उपचार गराई रहेका नेपाल पत्रकार महासंघ मोरंगका सदस्य एवम् रणभूमि डट कमका कार्यकारी सम्पादक पवनकुमार शाह र वहाँको श्रीमती सञ्जु शाहसंग मोरंग क्षेत्र नं. ५ नेकपा एमालेका उम्मेदवार मनोज कुमार अग्रवालले भेटघाट गरी सिघ्र स्वास््रथ्य लाभको कामना गरेका छन् ।
उम्मेदवार अग्रवाल आफ्नै क्षेत्रको पत्रकार दुर्घटनामा परी उपचार गराई रहेको खबर सुन्न वितिकै आफ्नो चुनावी प्रचार–प्रसार अभियानलाई थाती राखेर दुर्घटनामा परी घाइते भएका पत्रकार शाह दम्पतिलाई हस्पिटलमा भेटघाटगरी सिघ्र स्वास्थ्य लाभको कामना गरेको हो ।
स्कुटीमा सवार पत्रकार शाह दम्पतिलाई विहीवार दिउँसो भट्ठीमोडमा पिछाडिबाट आएको पल्सरले ठक्कर दिई दुर्घटना गराएपछि न्यूरो हस्पिटलमा उपचारको लागि भर्ना भएका थिए ।
पत्रकार शाहको दाहिने खुट्टाको ३ ठाउँमा फ्याक्चर भएको थियो । आज खुट्टाको अपरेसन गरी स्टील हालिएको छ । वहाँको श्रीमति सञ्जु शाहको टाउको र शरिरका विभिन्न भागमा चोट लागेकोले अवजरवेशनमा राखेको छ ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]