
विराटनगर, फागुन १७ गते । आसन्न प्रतिनिधीसभा निर्वाचनलाई लक्षित गर्दै मोरङ निर्वाचन क्षेत्र नं. ५ मा नेकपा (एमाले) का प्रतिनिधिसभा सदस्य उम्मेदवार मनोज कुमार अग्रवालले बृहत् जनसहभागिता सहित चुनावी र्याली तथा शक्ति प्रदर्शन गरेका छन् ।
रंगेली नगरपालिकाको वडा नं. ४, ५, ६, ७ को रंगेली बजार क्षेत्र, आमगाछी, चोप्राह, धनापट्टी,आमतोला लगायतका विभिन्न टोल, गाउँ, बस्तीहरुमा र धनपालथान गाउँपालिकाको कर्सिया बजार चुनावी ¥याली तथा शक्ति प्रदर्शन गरेको हो ।
रंगली बजारको प्रसिद्ध काली माताको मन्दिरबाट सुरु भएको ¥याली मुख्य बजार परिक्रमा गरी ४ वटै वडाको टोल बस्तीमा समेत परिक्रमा गर्दै धनपालथान गाउँपालिकाको कर्सिया बजार पुगेका थिए ।
र्यालीमा पार्टीका नेता–कार्यकर्ता, युवाहरू, महिला, ज्येष्ठ नागरिक तथा सर्वसाधारण सिटी, गाडी, मोटरसाईकलमा सवार भई पार्टीको झण्डा, ब्यानर र चुनाव चिन्हसहित नाराबाजी गर्दै उत्साहपूर्ण रूपमा र्यालीमा सहभागिता जनाएका थिए । स्थानीय स्तरमा देखिएको जनउत्साहले एमालेप्रति मतदाताको आकर्षण बढ्दै गएको दाबी नेकपा ऐमालेका नेता रुपेश मण्डलको दावी छ ।

उम्मेदवार अग्रवालले मोरङ–५ को समग्र विकासलाई आफ्नो मुख्य प्राथमिकता रहेको वताउँदै सडक विस्तार तथा स्तरोन्नति, खानेपानीको दीर्घकालीन व्यवस्थापन, गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा विस्तार, युवाका लागि रोजगारी सिर्जना तथा साना तथा मझौला उद्यम प्रवद्र्धनलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जाहेर गरेकोछ ।
उनले भने, “मोरङ–५ लाई विकास र समृद्धिको नमुना क्षेत्र बनाउने लक्ष्यसहित जनताको बीचमा आएको छु । यहाँका अधुरा योजना सम्पन्न गर्ने र नयाँ योजनालाई प्रभावकारी रूपमा अघि बढाउने मेरो संकल्प छ ।”
र्यालीमा नेकपा एमालेका जिल्ला तथा क्षेत्रीय नेता, जनप्रतिनिधि तथा विभिन्न जनवर्गीय संगठनका प्रतिनिधिहरू सहभागीता रहेको थियो ।
फागुन २१ गते हुने निर्वाचन नजिकिँदै जाँदा मोरङ क्षेत्र नं. ५ मा राजनीतिक दलहरूको चुनावी गतिविधि तीव्र बन्दै गएको छ । विभिन्न दलका उम्मेदवारहरू घरदैलो, ¥याली, कोणसभा तथा अन्तरक्रिया कार्यक्रममार्फत मतदाता आकर्षित गर्न सक्रिय देखिएका छन् । यस क्षेत्रमा नेकपा एमाले, नेपाली काँग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय उर्जाशिल पार्टी, नेपाली कम्युनिष्ट पार्टी बीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]