
विराटनगर, चैत ५ गते । उद्योग संगठन मोरङले विराटनगरमा पहिलोपटक ‘घर निर्माण प्रदर्शनी’ आयोजना हुने भएको छ ।
उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले पत्रकार सम्मेलन गरी विराटनगरमा पहिलो पटक ‘घर निर्माण प्रदर्शनी’(सीआईएम होम बिल्ड एक्स्पो) आयोजना गर्न लागिएको जानकारी गराए ।
निर्माण क्षेत्र नेपाली अर्थतन्त्रको महत्वपूर्ण आधार भएको उल्लेख गर्दै यस क्षेत्रलाई थप चलायमान बनाउन र स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्न प्रदर्शनी आयोजना गरिएको संगठनका अध्यक्ष राठीकाे भनाईछ ।
आगामी चैत १२ देखि १६ गतेसम्म विराटनगर स्थित जैन भवनमा सञ्चालन हुने संगठनका अध्यक्ष राठीले जानकारी गराउदै भने पदर्शनीमा ‘बिजनेस टु बिजनेस’ (बी टु बी) तथा ‘बिजनेस टु कन्जुमर’ (बी टु सी) सम्बन्धलाई मजबुत बनाउँदै लक्षित बजार विस्तार गर्ने उद्देश्य रहेको उहाँले स्पष्ट पारेका थिए ।
प्रर्दशनीकाे संयोजक सुरेन्द्र गोल्छाका अनुसार निर्माण क्षेत्रसँग सम्बन्धित सम्पूर्ण मूल्य शृङ्खलालाई एउटै छानामुनि ल्याउने प्रयास स्वरूप यो एक्स्पो आयोजना गरिएको बताए ।
“उत्पादक, सेवा प्रदायक, डिजाइनर, नीति निर्माता र उपभोक्ताबीच प्रत्यक्ष संवाद र सहकार्यका लागि यो एउटा महत्वपूर्ण मञ्च हुने उहाँले दावीछ । प्रदर्शनीमा घर निर्माणसँग सम्बन्धित कच्चा पदार्थदेखि अन्तिम सजावटसम्मका विभिन्न उत्पादन तथा सेवाहरू प्रदर्शन गरिनेछन् ।
जसमा सिमेन्ट, इँटा, स्टिल, वाटरप्रुफिङ, इन्सुलेसन, पाइप, फिटिङ, स्यानिटरी सामग्री, विद्युतीय उपकरण, सौर्य ऊर्जा प्रणाली, स्मार्ट होम प्रविधि, लिफ्ट, साउन्डप्रुफिङ र सुरक्षा प्रणाली लगायतका सामग्री प्रमुख आकर्षण रहनेछन् । त्यसैगरी, मोड्युलर किचन, वार्डरोब, ढोका(झ्याल, हार्डवेयर, पेन्ट, फ्लोरिङ, फर्निसिङ तथा इन्टेरियर डिजाइनसम्बन्धी सेवाहरू पनि प्रदर्शनीमा समेटिनेछन् । निर्माण सेवा अन्तर्गत ठेकेदार, परियोजना व्यवस्थापक, उपकरण भाडा सेवा, निर्माणसम्बन्धी सफ्टवेयर तथा स्वचालन प्रविधि प्रस्तुत गरिनेछ । बैंक तथा बीमा कम्पनीहरूले वित्तीय तथा बीमा सेवाबारे जानकारी दिनेछन् । प्रदर्शनीमा ७५ भन्दा बढी स्टल रहनेछन् ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]