
विराटनगर, चैत ८ गते । विश्व हिन्दु परिषद् नेपालले विराटनगरमा श्रीराम जन्माेत्सवमा बाईक र्याली र हनुमान जन्माेत्समा रथ सहितकाे शाेभा यात्राकाे आयाेजना गर्ने भएकाेछ ।
नेपाल पत्रकार महासंघकाे सभा हलमा विश्व हिन्दु परिषद् नेपाल काेशी प्रदेश अध्यक्ष देवेन्द्र गुप्ताले चैत १३ गते शुक्रबार सदा झै श्रीराम जन्माेत्सव (राम नवमी) मा बाईक र्याली र चैत १९ गते बिहीबार हनुमान जन्माेत्समा रथ सहितकाे शाेभा यात्रा विराटनगर बजार भरी परिक्रमा गर्ने जानकारी गराए ।
श्रीराम जन्माेत्व र हनुमान जन्माेत्सवकाे अवसरमा बाजागाजाका साथ भव्य रूपामा बजार परिक्रमा गर्ने भएकाेले बाइक र्याली, शाेभा यात्रा र शान्ति र्यालीलाई सफल बनाउन आम नागरिकलाई आग्रह गर्दै
विश्व हिन्दू परिषद् नेपाल कोशी प्रदेश अध्यक्ष
बिषय – कार्यक्रमको जानकारी तथा शान्ति सुरक्षाको व्यवस्थाको प्रबन्ध मिलाइ दिन सम्बन्धित निकायलाई अध्यक्ष गुप्ताले आग्रह गरेका छन् ।
श्रीराम जन्माेत्सवमा हुने बाईक र्याली संयोजककाे जिम्मेवारी संदिप साहलाई दिएकाे छ भने हनुमान जन्माेत्समा रथ सहितकाे शाेभा यात्रा संयाेजककाे जिम्मेवारी विजय साहलाई दिएकाे अध्यक्ष गुप्ताले जानकारी दिए ।

क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]