
विराटनगर, चैत ८ गते । पाकिस्तानमा पछिल्लो समय सैन्य नेतृत्व र शिया समुदायबीचको तनाव बढ्दै गएको छ। प्रख्यात धार्मिक नेता अल्लामा सैयद जावेद नकवी (Allama Syed Jawad Naqvi) ले पाकिस्तानी फील्ड मार्शलको विवादस्पद अभिव्यक्ति प्रति कडा आलोचना गर्दै त्यसलाई “लज्जास्पद र विभाजनकारी” कदम भनेका छन्।
रिपोर्ट अनुसार, इस्लामाबादमा आयोजित एक उच्चस्तरीय बैठकमा फील्ड मार्शलले धार्मिक विद्वानहरूसँग कडा र आक्रामक शैलीमा प्रस्तुत हुँदै, विशेषगरी इरानप्रति सहानुभूति राख्नेहरूलाई लक्षित गरेका थिए।
उनले कथित रूपमा “विदेशी प्रति चासो राख्नेहरू पाकिस्तान छोड्नुपर्छ” अभिव्यक्ति दिएका थिए । लगाव भन्ने यस विषयमा अल्लामा सैयद जवाद नकवीले जमिया उरवतुल वुस्कामा आयोजित कार्यक्रममा सम्बोधन गर्दै ती अभिव्यक्तिलाई नागरिक अधिकारमाथिको सीधा आक्रमण भएको बताएका छन् । उनले भने, “कुनै पनि सैन्य अधिकारीलाई आफ्नै देशका नागरिकलाई देश छोड्न आदेश दिने अधिकार छैन।”
नकवीले शिया समुदाय पाकिस्तानको निर्माणकालदेखि नै महत्वपूर्ण आधार स्तम्भ भएको स्मरण गराउँदै त्यस्तो अभिव्यक्तिले देशलाई निजी सम्पत्ति जस्तो ठानिएको आरोप लगाए । साथै उनले दोहोरो मापदण्डको प्रश्न उठाउँदै पश्चिमी प्रभाव वा “अमेरिकी एजेन्डा” सँग नजिक रहेका व्यक्तिहरूलाई किन यस्ताे कुरा नलगाइएको भन्दै प्रश्न गरे ।
हालै इरानी नेताहरूको हत्या भएको भनिएको घटनापछि उत्पन्न तनावबीच आएको कडा धारणा ले १९८० दशकजस्तो सांप्रदायिक विभाजन पुनः दोहोरिने चिन्ता व्यक्त गरिएको छ।
अहिलेसम्म पाकिस्तानको सैन्य मुख्यालयले यस विषयमा औपचारिक स्पष्टीकरण दिएको छैन । तर नकवीको सम्बोधनको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेसँगै सार्वजनिक माफी र धार्मिक अल्पसंख्यक माथिको दबाब कम गर्न मागहरू उठ्न थालेका छन् ।
नकवीले अन्त्यमा भने, “यो देश २५ करोड पाकिस्तानी जनताको हो । आफ्नै भूमिको सन्तानलाई ‘अर्को देश जाऊ’ भन्नु नेतृत्व होइन, राष्ट्रिय भावना विरुद्धको लज्जास्पद विश्वासघात भएकाेछ ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]