
विराटनगर, चैत ९ गते । सन् २०५० सम्ममा नेपाबाट क्षयरोग निवारण गर्ने नेपाल कारले लक्ष्य लिएकाेछ ।
“हाे ! हामी क्षयरोग अन्त गर्छाैं । राष्ट्रिय अभियान, हाम्रो याेगदान ।” २०२६ काे मूल नारा सहित फागुन १० गते मनाउने विश्व क्षयरोग नियन्त्रण दिवसकाे अवसरमा पत्रकारहरूसँगकाे अन्तरक्रिया कार्यक्रममा स्वास्थ्य कार्यालय मोरङका अधिकृत मुलकचन्द राजवंशीले साे कुरा वताए ।
साे अन्तरक्रियामा क्षयरोगकाे परिचय, क्षयरोग कसरी सर्दछ, क्षयरोगकाे प्रकारहर, क्षयरोगका लक्षणहर, क्षयरोगकाे निदान, क्षयरोगकाे राेकथाम र क्षयरोगकाे तथ्यांक बारे अधिकृत राजवंशीले सहजीकरण गरेका थिए ।
तथ्यांकअनुसार मोरङमा पछिल्लो ८ महिनामा क्षयरोगबाट ३५ जनाको मृत्यु भएको र गत आर्थिक वर्ष मा ४० जनाको मृत्यु भएको थियाे । मृत्यु हुनेमा १५ देखि ३९ वर्ष उमेर समूहका व्यक्तिहरु रहेको स्वास्थ्य कार्यालय मोरङका अधिकृत राजवंशीले जानकारी गराए ।
मोरङका सुन्दरहरैचा, पथरीशनिश्चरे, उर्लाबारी क्षेत्रमा क्षयरोगका संक्रमित बढी रहेको वताउँदै मोरङमा १७ वटै स्थानीय तहका १ सय २३ वटा सेन्टरबाट प्रत्यक्ष निगरानीमा निःशुल्क औषधि सेवन कार्यक्रम (डट्स) सेवा सञ्चालनमा रहेको अधिकृत राजवंशीले वताए ।
क्षयरोगका उपचार निःशुल्क रूपमा सरकारी स्वास्थ्य संस्थामा उपलब्ध रहेको वागमती समाज मोरङका परियोजना संयोजक रामप्रवेशकुमार महतोले जानकारी दिदै औषधि कम्तीमा ६ महिना वा चिकित्सकले तोकेको समयसम्म नियमित लिनुपर्ने र औषधि बीचमै छोड्दा रोग झन् गम्भीर हुने वहाँकाे भनाइ थियो ।
उक्त अन्तरक्रिया स्वास्थ्य कार्यालय मोरङ र बागमती सेवा समाजले संयक्त रुपमा आयोजना गरेको थियो ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]