
विराटनगर, चैत ११ गते । ईलाम जिल्लाको सन्दकपुर गाउँपालिका-१ मा तेस्रो रेडपाण्डा महाेत्सव चैत २० देखि २३ गते सम्म हुने भएकाेछ ।
पर्यटन, वन तथा वातावरण मन्त्रालयकाे सभाहलमा पत्रकार सम्मेलन गरि महाेत्सवका संयाेजक सना कुमा राईले साे कुरा वताउनु भएकाे हाे ।
सन्दकपुर गाउँपालिका र कोशी प्रदेश सरकारको सहकार्यमा तेस्रो रेड पाण्डा महाेत्सव कोशी प्रदेशको सुदूरपूर्वी जिल्ला इलाममा अवस्थित सन्दकपुर गाउँपालिका वडा नं ८ को कालपोखरीमा तेस्रो रेडपाण्डा महोत्सव लगाउन लागिएको महोत्सवका संयोजक राई जानकारी गराए । इलाम सदरमुकामबाट १८ किलोमिटर यात्रागरेपछि सन्दकपुर गाउँपालिका १ स्थित रामसार क्षेत्र माईपोखरीमा पुगिन्छ । माईपोखरीमा पर्यटन सुचना केन्द्र रहेको छ, सुचना केन्द्रबाट सन्दकपुर गाउँपालिका भित्रका पर्यटकीय गन्तव्य भ्रमण गर्न सकिने पालिकाका प्रमुख प्रशासकीय अधिकृत दिलकुमार लिम्बले जानकारी दिए । उनले तेस्रो रेडपाण्डा महोत्सवमा पाण्डाको अवलोगनलगाई पर्यटकीय दृश्यहरु अवलोन गर्न आन्र्तरिक पर्यटकहरुलाई प्रमुख प्रशासकीय अधिकृत लिम्बुले आग्रहगरेका छन् ।
नेपाल, भारत, बगंलादेश पाकिस्थान, म्यानमारमा मात्रै पाइने रेड पाण्डाको अवलोकन गर्न नेपाल भारत सीमा क्षेत्र पर्ने सन्दकपुर गाउँपालिकले वर्षेनी लगानी गर्दै आईरहेको प्रमुख प्रशासकीय अधिकृत लिम्बुले बताए ।
पछिलो समय लोपउन्मुख वन्यजन्तु रेडपाण्डाका बारेमा सचेतना अभिवृद्धि । रेडपाण्डा वन वन्यजन्तु र जडिबुटी अध्ययन गर्न सन्दकपुरमा पर्यटकहरुको आकर्षण बढदै गएको छ ।
सन्दकपुर गाउँपालिका भित्रका पर्यटकीय स्थलको प्रचार प्रसारमा सबैकाे साथ सहयोग गर्न पनि महोत्सवका संयोजक राईले आग्रह गरेका थिए । विश्व रामसार सुचिमा सुचिकृत नाईपोसरीबाट पूर्वको जुस्याउले परिचित जोबारी जोड्ने रेडपाण्डा पदमार्गको प्रचारप्रसार र पदयात्रीको आवागमनमा वृद्धि भएको छ । सन्दकपुर छिन्टापुको पदयात्रा गर्ने पर्यटकको संख्या वर्षको हजार भन्दा बढी रहेको संयोजक राईले जानकारी दिए ।
सरकारी तथा गैरसरकारी संस्थाहरु पर्यावरण संरक्षण र पर्यटन प्रवद्र्धनमा सक्रिय । समुदायमा लोपउन्मुख वन्यजन्तु रेडपाण्डका बारेमा सचेतना अभिवृद्धि । रेवन वन्यजन्तु र परागी सबै जडीबूटी अध्ययन गर्ने पर्यटकको सन्दकपुरमा आकर्षण र पर्यटन व्यवसायीको लगानी यस तर्फ बढेको छ ।
रेडपाण्डा महोत्सव पहिलो महाेत्सव २०८० चैत्र २० बैशाख १ गतेसम्म मनाएकाे थियाे । त्यसैगरी दोसो रेडपाण्डा महोत्सव २०८१ चैत्र २० बाट २३ गतेसम्म आयोजना गरिएको थियो ।
महाेत्सवकाे अन्तिम लक्ष्य रेडपाण्डाको माध्यमबाट पूर्वी नेपालको वनजंगल पर्यटनलाई चलायमान बनाउने, रेडपाण्डाको माध्यमबाट इलामको पर्यटन विकासलाई टेवा दिने, केचना देखि कंचनजंघासम्मको सीमा पर्यटनलाई नेतृत्व गर्ने, भुभागको पर्यावरण संरक्षणको नेतृत्वदायी भु-मिका खेल्न सीमा पालिलाई उत्प्रेरित गर्ने, रहेकाेछ
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]