
विराटनगर, चैत १२ गते । विराट योग सेवा समिति राधाकृष्ण मन्दिर विराटनगर-१० द्वारा सप्ताह श्रीमद भागवत पुराणका लागि सहयाेग हस्तान्तरण गरेका छन ।विराटनगर महानगरपालिका वडा नं. ८, १४ र १० मा रहेकाे यादव चाैक राधाकृष्ण मन्दिर निर्माणको लागि चैत १५ गते देखि सुरू हुने भागवत पुराणकाे लागि याेग समिति अध्यक्ष गंगा प्रसाद दाहालले पुरान समितिकी अध्यक्ष ममतालाई नगद १२ हजार ९५ सहयोग उपल्ब्ध गराएका छन् ।

उक्त सहयाेग रकम विराटनगर-१० मा रहेकाे व्यायाम शालामा प्रत्येक दिन बिहान याेग गर्न आउने याेगीहरूवाट संकलन गरिएको थियो ।
यादव चोकमा चैत्र १५ गतेदेखि २३ सम्म राधाकृष्ण मन्दिर निर्माण गर्ने उदेश्यले सप्ताह श्रीमद भागवत पुराण हुने छ । सहयोग रकम ग्रहण गर्नुहुँदै भागवत पुराण समितिकी अध्यक्ष यादवले सहयोगी मनहरुलाई धन्यवाद दिदै

श्रीमद भगवत पुराणमा पूजाअर्चना कथा श्रवण गर्न भक्तालुहरुमा सहभागी भईदिन आग्रह गर्नुभयो ।
श्रीमद भागवत धन–धन्याचल सप्ताह पुराणमा कथा छिमेकी मुलुक भारतकाे बृद्धावनका किश्वर स्वामीले कथा वाचन गर्ने कार्यक्रम रहेको अध्यक्ष यादवले जानकारी दिनुभयो ।

पुराणमा सवै भगतालुहरुलाई कथा सुन्न उहाँले आग्रहसमेत गर्नुभयो । श्रीमद भागवत धन–धन्याचल सप्ताह पुराण प्रत्येक दिन विहान ८ वजेदेखि १२ वजे र साझ ७ वजेदेखि राती ९ :३० वजे सम्म सञ्चालन हुनेछ ।
उक्त स्थानमा याेग गुरु देव वशिष्ठले केही महिना अगाडि याेग अभ्यास सुरू गर्नु भएकाे थियाे । त्यसलाई अध्यक्ष दाहाल र विभिन्न वडाहरूबाट याेग अभ्यासका लागि आएका याेगीहरूले निरन्तरता दिई रहेका छन् ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]