विराटनगर, चैत १९ गते । विराटनगर महानगरपालिका वडा नं. ८, १४ र १० जाेडिएकाे यादव चाैकमा राधाकृष्ण मन्दिर निर्माणको लागि चैत १५ गते देखि सुरू भएकाे श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ पुरानमा भक्तजनहरूकाे उत्साहजनक सहभागीता भई रहेका छन् ।
राधाकृष्ण मन्दिर निर्माण गर्ने उदेश्यले सुरू भएकाे सप्ताह व्यापी भागवत पुराणमा धर्मावलम्बीहरूकाे उल्लेख्य सहभागीता रहेकाे पुरान समितिकी अध्यक्ष ममता यादवले वताईन ।

श्रीमद भागवत पुराणमा कथा बाचनकाे लागि छिमेकी मुलुक भारत बृद्धावनका कथा व्यास किशोर स्वामी र श्री श्री एक सय आठ श्री महन्त बाबा विन्देश्वर दासले कथा वाचन गर्दे आईरहनु भएको छ । श्रीमद भागवत धन–धन्याचल सप्ताह पुराण प्रत्येक दिन विहान ८ वजेदेखि १० वजे, बेलुका २ः३० वजेदेखि राती ९:३० वजे सम्म वाचन हुँदै आएकाेछ ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]