विराटनगर, चैत २१ गते । विराटनगरको आदर्श उच्च माध्यामिक विद्यालयको प्रागणवाट सुरु भएको ७ औं संस्करणको १५ किलोमिटर दुरीको साईकलोथन प्रतियोगिता सम्पन् भएको छ ।
रोटरी क्लब अफ बिराटनगर फ्युजनले आयोजना गरेको १५ किलो मिटर साइकलोथन प्रतियोगितामा तीन समूहले भाग लिएका थिए । प्रतियोगितामा पुरुष गियर साईकल तर्फ दिप सागर तामाङ्ग प्रथम, किरण राई दोस्रो र वादल लिम्बु तेस्रो स्थान प्राप्त गर्न सफल भएको थिए ।

त्यसैगरी पुरुष नन गियर तर्फ साहिल नेपाली प्रथम, दोस्रो अंकित टिरकी दोस्रो, सेमग लिम्बु दोस्रो स्थान प्राप्त गरेका थिए । महिला तर्फ सालिनी कुमारी प्रथम (भारत), निकी कुमारी दोस्रा, भावना घिमिरे तेस्रो स्थान हासिल गरेकी थिइन ।
तीनवटै समुहका प्रथम हुनेलाई १५ हजार, दोस्रो हुनेलाई १० हजार र तेस्रो हुनेलाई ७ हजार नगद, प्रमाणपत्र, मेडल सहित कोशी प्रदेशका पर्यटन वन तथा वतारण मन्त्री भीम पराजुलीले प्रदान गरेका थए ।


साइकलोथन प्रतियोगितामा तीनवटै समूह गरी ३ सय भन्दा वढी भई वहिनीहरुको सहभागीता रहेको भन्दै साइकलोथनबाट भएको आन्दानीले मोरंगको कटहरी गाउँपालिकामा रहेको ऋषिदेव समुदायको बस्तीमा शौचालय निर्माण गर्ने रोटरी क्लब अफ बिराटनगर फ्युजन एवंम साइकलोथन प्रतियोगिता अध्यक्ष सोनिया गुप्ता चौधरीले वताईन ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]