
विराटनगर, चैत २८ गते । नव वर्ष २०८३ सालको सिर्वा (जुडसितल) पर्वको सुखद उपलक्ष्यमा शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधीसभा सदस्य माननीय संतोष राजवंशीले वृहत ग्रामथान सभ्यता विकास समिति बनाएर बजेट छुट्याउने प्रतिवद्धता जनाउनु भएको छ ।
ग्राथान संरक्षण नगर समिति विराटनगरले राम मन्दिर शान्ति चौक विराटनगर–५ को सभाहलमा संस्कृति संरक्षणको लागि ग्रामथान हाम्रो पहिचान नाराका साथ आयोजना गरिएको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै सो कुरा वताउनु भएको हो ।
ग्रामथान सभ्यता मान्ने यूवाहरु संघिय सरकारमा प्रतिनिधित्व गरेका छ ग्रामथान सभ्यता पनि नेपाली राष्ट्रिय सभ्यता र संस्कृति भएकोले यसको संरक्षण र सम्वद्र्धनका लागि अवाज उठाउने र मोरंग क्षेत्र नं. ४ को समग्र विकासलाई अगाडी बढाई नमुनाको रुपमा लाने वताउनु भएको छ । सेही अवसरमा पारेर माननीय संतोष राजवंशीलाई ग्रामथान संरक्षण नगर समिति विराटनगरले प्रमाणपत्र सहित दासला ओढाएर सम्मान गरेका थिए ।

त्यसैगरी कार्यक्रमका विशिष्ठ अतिथि कोशी प्रदेशका सभा सदस्य माननीय जय प्रकाश चौधरीले भने ग्रामथान यस्तो स्थान हो जहाँ हाम्रा पुर्खाले सुख दुःख पर्दा, परिवारिक समस्या पर्दा, परिवारमा विहेवारी लगायतका कुनै पनि कार्य गर्दा सबभन्दा पहिले ग्रामथान पुग्छौ तर त्यही स्थान अहिले संरक्षण विहीन छ । यसको संरक्षण् र सम्बद्र्धनको लागि हामी ग्रामथानबासी नै अगाडी बढ्नु पर्ने वताउदै ग्रामथान संरक्षणको लागि योजना ल्याएर प्रदेश सरकारवाट पनि संरक्षणको लागि पहल गर्ने र बजेट छुट्याउने प्रतिवद्धता जनाए ।
थारु कल्याणकारीनी सभा विराटनगरका अध्यक्ष तथा पूर्व एसपी विद्यानन्द माझीले सिरुवा पर्व नयाँवर्षको सुरुवात हो । वितेको वर्षमा छर छिमेकी, नातागोता, इष्टमित्रमा भएको मनमोटावलाई विर्सेर एकताको लागि पहिलो दिन पानी सिरुवा, दोस्रो दिन कादो सिरुवा र तेस्रो दिन रंग सिरुवा खेल्ने र मिठा परिकारहरु खाने र ग्रामथानमा लाग्ने मेलाहरु घुम्ने परम्परा रहेको छ । त्यसको संरक्षण हुन नसकेर लोप हुन लागेको छ । त्यसैले सिरुवा पर्वसंग जोडिएर रहेको ग्रामथानलाई संरक्षण र संम्वद्र्धन गर्न स्थानीय, प्रदेश र संघिय सरकार कानुन वनाएर संरक्षण गर्नुपर्ने धारण राख्नुभयो ।

जुडसीतल पर्वमा एकता र मित्रताको प्रतीक साथै सम्बन्धलाई मजबुत बनाउने पर्वको रुपमा चिनिन्छ । सिरुवा पर्वमा घरको देवी देवता लगतय ग्रामथानमा गई विभिन्न प्रकारका फूल, फल, मिठाइ प्रसाद र हाँस, बोका, लगायतको बलि समेत पूजापाठ गरिन्छ ।
उक्त शुभकामना आदान प्रदान कार्यक्रममा ग्राथान संरक्षण समिति बुढीगंगा गाउँपालिका अध्यक्ष जयदेव माझी, जहदा गाउँपालिका अध्यक्ष सेवक नारायण राजवंशी, विराट राजवंशी संस्कृतिक पुस्तकालयका अध्यक्ष कुशेश्वर राजवंशी, ग्राथान संरक्षण नगर समितिका प्रेस सल्लाहकार राजेश कुमार राजवंशी लगायतले शुभकामना मन्तव्य राखेक थिए ।
सोही अवसरमा ग्रामथान संरक्षणमा लागेका आधा दर्जन यूवाहरुलाई सम्मान गर्दै ग्राथान संरक्षण नगर समिति विराटनगरका अध्यक्ष तिलक राज राजवंशीले कार्यक्रम सम्पन्न गर्नुभएको थियो ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]