
विराटनगर, बैशाख १३ गते । इन्धनजन्य सामाग्रीमा भइरहेको अत्यधिक एवं अप्रत्याशित मूल्यवृद्धिले पूर्वाधार क्षेत्रमा ‘सुनामी’, र निर्माण सामग्रीहरूको अभावका कारण निर्माण उद्योग ठप्प हुने स्थितिमा रहेकाेले ‘म्याद थप’ गर्न निर्माण व्यवसायीहरूले माग गरेकाे छ ।
निर्माण व्यवसायी महासंघ, काेशी प्रदेशकाे अध्यक्ष जनसेवक भण्डारीले पत्रकार सम्मेलन गरि साे माग गरेकाे हाे । मध्यपूर्वमा जारी युद्धका कारण निर्माण उद्योगमा प्रयोग हुने डिजेल, पेट्रोल, मट्टितेल लगायतका इन्धन सामाग्रीहरूमा पटक पटक भइरहेको अत्यधिक एवं अप्रत्याशित मूल्यवृद्धिले गर्दा निर्माण उद्योग ठप्प हुने स्थितिमा पुगेकोले निर्माण कार्यकाे सम्झौता म्याद थप गर्नुपर्ने माग गरेकाे छ ।
इन्धनजन्य सामाग्रीहरू सहित निर्माण कार्यमा व्यापक प्रयोग हुने बिटुमिन, सिमेण्ट, डण्डी लगायतका निर्माण सामाग्रीहरूमा समेत निरन्तर भइरहेको अप्रत्याशित एवं अत्यधिक मूल्यवृद्धि र बजारमा ती सामाग्रीहरूको अभावले निर्माण उद्योग लगभग ठप्प हुने स्थितिमा पुगेको अध्यक्ष भण्डारीले वतए।
भौतिक पूर्वाधार क्षेत्रमा आएको यस किसिमको ‘सुनामी’ का कारण मुलुकको समग्र अर्थतन्त्रमा गम्भीर असर देखिन शुरु भइसकेको छ । निमर्माण उद्योगको यस्तो विकराल परिस्थितिका विषयमा यस महासंघले बारम्बार नेपाल सरकार लगायतका निकायहरूमा पत्राचार गरेतापनि समस्या समाधान हुने गरी अहिले सम्म केही कार्यान्वयन नभएले पत्रकार सम्मेलन गर्नु परेकाे वताउदै समस्या समाधानका लागि ठोस पहल नगरी नेपाल सरकारले करीब दुई महिनादेखि लगातार मौखिक आवश्वासन मात्र दिएका कारण पूर्वाधार क्षेत्रका निर्माण व्यवसायीहरू र सोमा आबद्ध लाखौं श्रमीकहरू तथा यस क्षेत्रसँग सम्बन्धित अन्य उद्योग आर्थिक रुपमा धराशायी भएकाे छ ।
ठेक्काको मूल्य समायोजन राष्ट्र बैंकको मूल्य सूचकाङ्क अनुसार हुने भएकाले बजारमा निर्माण सामाग्रीहरूको अत्याधिक मूल्यवृद्धि भएतापनि राष्ट्र बैंकको इन्डेक्समा उक्त सामाग्रीहरूको मूल्य घटेको देखाइने प्रवृत्तिका कारण निर्माण उद्योग थप पीडामा परेको छ।
निर्माण कार्य तीव्र रुपमा हुने अहिलेकै समयमै इन्धन सामग्रीहरू सहित निर्माण सामाग्रीहरूमा निरन्तर भइरहेको अत्यधिक मूल्यवृद्धि एवं अभावले निर्माण व्यवसायीहरूलाई लामो समय सम्म ठूलो आर्थिक भार परी निर्माणाधीन आयोजनाहरूको भविष्यमै गम्भीर प्रश्न खडा भइसकेको छ।
इन्धन सामग्रीहरूमा भएको निरन्तरको मूल्यवृद्धि तथा निर्माण सामग्रीहरूको अभावमा राष्ट्रिय गौरवका आयोजनाहरू सहित मुलुकभरका अन्य साना ठूला सबै आयोजनाहरूको काम लगभग ठप्प भएको छ।
आयोजनामा मूल्यवृद्धि भए अनुरुप मूल्य समायोजनको मार्ग निर्देशिका-२ तत्काल जारी गर्न र सबै अवधिका ठेक्काको हकमा मूल्य समायोजनको व्यवस्था गरी मूल्यवृद्धिको समस्याबाट पीडित सबै निर्माण व्यवसायीहरूलाई तत्काल राहत दिन र निर्माण उद्योगलाई धराशायी हुनबाट बचाउन महासंघ सरकार समक्ष माग गर्दछ ।
अहिलेको गम्भीर परिस्थितिका कारण निर्माण आयोजनाहरू पूर्व निर्धारित समयमै सकिने कुनै सम्भावना नभएकाले बैंक ग्यारेण्टी, इन्सुरेन्स तथा थप क्षतिपूर्ति सहित सबै आयोजनाहरूको म्याद थपका लागि आवश्यक व्यवस्था मलाउन महासंघ आग्रह गरेकाेछ ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]