
विराटनगर, बैशाख १४ गते । झापा र सुनसरीबाट लागू औषध सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
बैशाख १३ गते झापाको भद्रपुर नगरपालिका–५ को दुई छुट्टा छुट्टै स्थानबाट बिशेष सुचनाको आधारमा वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले ७ ग्राम १५० मिलिग्राम ब्राउन सुगर सहित बेचबिखानमा संलग्न सोही स्थानकी बिबिसा चापागाई, भद्रपुर–९ का दिपक उप्रेती, ताप्लेजुङ फुङलिङ नगरपालिका–१ का प्रताप मादेन र फुङलिङ नगरपालिका–५ का अनुप लामगदेलाई पक्राउ गरेको थियो ।
त्यस्तै सुनसरीको इनरूवा नगरपालिका–४ बाट जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी प्रहरी पोष्ट बसपार्कले मोरङको पथरी शनिश्चरे गाउँपालिका–६ का राजा भन्ने सुमन यादव र सरोज परियारलाई ट्रामाडोल ६०६ क्यापसुल, नाईट्राजेपाम २० क्यापसुल सहित नियन्त्रणमा लिएको थियो ।
लागू औषध सहित पक्राउ परेका सबैजनाको सम्वन्धित प्रहरी कार्यालयवाट थप अनुसन्धान भईरहेको छ ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]