
विराटनगर, बैशाख १५ गते । अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा नि:शुल्क क्यान्सर परीक्षण, विराटनगर रन ०.२ र गायिका रचना रिमालकाे कन्सर्ट हुने भएकाे छ ।
लियो डिस्ट्रिक्ट काउन्सिल ३२५ सीका अध्यक्ष मनाेज तिवारीले नेपाल पत्रकार महासंघ माेरङकाे सभाहलमा पत्रकार सम्मेलन गरि अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर आगामी वैशाख १८ गते नोबेल क्यान्सर हस्पिटलकाे प्रस्तुतिमा साे कार्यक्रम हुने वताए ।
लियो डिस्ट्रिक्ट काउन्सिल ३२५ सीको आयोजनामा हुन लागेको बृहत कार्यक्रमले स्वास्थ्य प्रवर्द्धन, युवा सहभागिता र सामाजिक एकताको सन्देश दिने लक्ष्य राखेको अध्यक्ष तिवारीकाे भनाइ छ ।
हजारौं युवा, विद्यार्थी र सर्वसाधारणको उत्साहजनक सहभागितामा म्याराथन (दौड) प्रतियोगिता नोबेल क्यान्सर अस्पतालको प्रांगणबाट सुरु भई सहिद रंगशालामा पुगेर समापन हुनेछ।
दौडसँगै मनोरञ्जनका लागि लोकप्रिय नेपाली गायिका रचना रिमालको प्रत्यक्ष सांगीतिक प्रस्तुति पनि नोबेल क्यान्सर अस्पतालकै प्रांगणमा आयोजना हुनेछ।
साेही अवसरमा नोबेल क्यान्सर अस्पतालको सहकार्यमा कार्यक्रम स्थलमै पाठेघरको मुखको क्यान्सर र कोलोरेक्टल क्यान्सर को निःशुल्क परीक्षण शिविर सञ्चालन गरिने अध्यक्ष तिवारीले जानकारी गराए ।
साथै अतिरिक्त ट्राईसाइकल रेस र आर्म रेस्लिङ प्रतियोगिता ले कार्यक्रमलाई थप आकर्षक बनाउने वहाँले वताए ।
दाैड प्रतियोगिता दुई विधामा हुनेछ । जसमा खुला दाैड प्रतियोगिता र विद्यार्थीहरूकाे छुट्टै दाैड प्रतियोगिता हुनेछ ।
खुला तर्फ प्रथम हुनेलाई २५ हजार द्वितीयलाई ११ हजार र तृतीयलाई ६ हजार नगद, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।
त्यसैगरी विद्यार्थी तर्फ) प्रथम हुनेलाई ११ हजार द्वितीयलाई ६ हजार र तृतीयलाई ३ हजार नगद मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।
प्रतियोगितामा सहभागी हुन खुला विधामा ४ सय र विद्यार्थीका लागि २ सय शुल्क लाग्नेछ ।
उक्त कार्यक्रमको अनुमानित बजेट करिब २० लाख लाग्ने छ । सम्पूर्ण खर्च विभिन्न प्रायोजकहरूको सहयोगबाट जुटाइएको आयोजक समितिले जनाएको छ।
दाैड प्रतियोगितामा सहभागी हुन सन्सारीमाईस्थान स्थित ओली एण्ड एसोसिएट्स विराटनगरको कार्यालयबाट र अनलाइन माध्यमबाट पनि नाम दर्ता गर्न सकिने व्यवस्था आयाेजकले मिलाइएको छ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]