
विराटनगर, बैशाख १७ गते । कोशी प्रदेश सरकार सामाजिक विकास मन्त्रालय, विराटनगर महानगरपालिकाे सहकार्यमा र नेपाल उद्योग परिसंघ नेपाल उद्योग परिसंघ कोशी प्रदेशको सयुक्त आयोजनामा महिला नेतृत्व सम्मेलन बैशाख २१ गते काेशी प्रदेशकाे राजधानी विराटनगरमा हुने भएकाे छ ।
नेपाल उद्योग परिसंघ (सीएनआई) काेशी प्रदेश कार्यालय विराटनगरमा पत्रकार सम्मेलन गरि महिला नेतृत्व सम्मेलनकाे संयाेजक गिरिजा सारडाले वताईन ।
“दिगो समृद्धितर्फ : कृषि, सीप, सिर्जनशीलता र डिजिटल नवप्रवर्तन” मुख्य विषय रहेको सम्मेलनमा महिला नेतृत्व विकास क्षमता अभिवृद्धि, स्थानीय कृक्षि सीप, नवप्रवर्तन तथा उद्यमशीलता प्रवर्द्धन तथा वर्तमान एवं सफल व्यबसायिक उदाहरणहरूमा केन्द्रित तथा उद्यमीहरुबाट संयाेजक सारडाले वताईन ।

उक्त सम्मेलन विराटनगर स्थित होटल मनास्लु इनमा बिहान ९ बजे देखि साझ ५ बजे सम्म संचालन हुनेछ । सम्मेलनको आकर्षणहरूमा महिला उद्यमीहरूको प्रेरणादायी सफलता कथा प्रस्तुती, फोनपे सहित डिजिटल नवप्रवर्तन सम्बन्धी छलफल, स्वदेशी वस्तुहरुको प्रर्दशनी, उद्यमी, नीति निमांता, निजी क्षेत्रका प्रतिनिधि तथा विकास साझेदारहरूबीच नेटवर्किड रहेका छन् ।
सम्मेलनको समुद्घाटन कोशी प्रदेशका मुख्यमन्त्री माननीय हिक्मतकुमार कार्कीले गर्नुहुनेछ । र सो कार्यक्रममा आर्थिक औद्योगिक वैकिड क्षेत्रका र राजनैतिक सामाजीक क्षेत्रका महत्वपुर्ण व्यक्तीत्व हरुको प्रस्तुति रहने छ ।
उक्त सम्मेलनमा काेशी प्रदेश भरीका १७ वटा स्टलहरू रहनेछ भने ३ सय देखि ५ सय जनाकाे सहभागीता रहने संयाेजक सारडाले वताईन ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]