विराटनगर, बैशाख १८ गते । विराटनगर महानगरपालिकाकाे दुई ठाउँमा मगही भाषा, कला, संस्कृति साहित्य सम्बन्धी अध्ययन अनुसन्धान कार्यक्रम सम्पन्न भएकाेछ ।
पहिलाे चरणमा विरटनगर महानगरपालिकाकाे वार्ड नं -१२ बखरी सामुदायिक भवनमा भएकाे कार्यक्रमका प्रमुख अतिथि महानगरपालिकाको उपप्रमुख शिल्पा निराला कार्कीले नेपाल अधिराज्य भरी बाेलिने सबै भाषाकाे उत्थान हुनु पर्ने भन्दै मधेशमा अध्याधिक जातजातिले बाेलिने मगही भाषा उत्थानमा लागेका भाषा संस्कृति प्रतिष्ठानलाई धन्यवाद दिएका थिए ।


मगही भाषा उत्थानका लागि जनस्तरवाटै एक ढिक्का भएर आउनुपर्ने वताउँदै अगामी दिनमा मगही भाषा, कला, संस्कृति र साहित्यकाे विकासको लागि सहयाेग गर्ने प्रतिवद्वता वहाँले जनाए ।
उक्त कार्यक्रममा गोग्रहा माध्यमिक विद्यालय विराटनगरको शिक्षक ज्ञानेन्द्र प्रसाद साह, जन विकास माध्यमिक विद्यालय विराटनगरको साहायक प्राध्यापक सदानन्द कामत, बाल माध्यमिक विद्यालय जतुवा विराटनगरको शिक्षक बिष्णु महतोले कार्यपत्र प्रस्तुत गरेका थिए ।
साे कार्यक्रममा अतिथिहरू विराटनगर-१२ का वडा अध्यक्ष हिरालाल कामत, कुशेश्वर राजवंशीले भाषा सम्बन्धि मन्तव्य राखेका थिए ।
त्यसैगरी दास्राे चरणकाे कार्यक्रम विराटनगर प्रमुख अतिथि काेशी प्रदेश सभा सदस्य गीतारानी महताेकाे आतिथ्यमा विराटनगर महानगरपालिका वडा नं. ८ प्रगति विनायक टाेलमा रहेकाे गणेश मन्दिरको सभाहल सम्पन्न भएकाेछ


भाषा,कला, संस्कृति साहित्य सम्बन्धी अध्ययन अनुसन्धान कार्यक्रम श्यामसुन्दर सुतिहार, देवकान्त महताेले मगही संस्कृतिमा विवाह, मृत्युु संस्कार, सतुवाइन लगायत विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।
साे विषयहरू उपर समुह समुह बनाएर छलफल गरि मगही भाषा, कला, संस्कृति साहित्य सम्बन्धि शब्दमाहरू, विधिविधान, संकलन समेत गरियो । कार्यक्रमका विशिष्ट अतिथि वरिष्ठ अधिवक्ता रामलाल सुतिहार, वडा नं. ८ का सदस्य भुवन राजवंशी, शिक्षक चन्द्र प्रसाद साह, गणेश मन्दिर व्यवस्थापन समिति अध्यक्ष राजेन्द्र कुमार थापा लगायतले मन्तव्य राखेका थिए ।
दुवै ठाउँकाे कार्यक्रम भवानी आधारभूत विद्यालय जहदा -६ को प्राध्यापक रजनीकान्त कामतले कार्यक्रम संचालन गरेका थिए ।
त्यसैगरी दुवै कार्यक्रम भाषा संस्कृति प्रतिष्ठान विराटनगरको अध्यक्ष जयप्रकाश महतोको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएकाे थियो ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]