विराटनगर, जेष्ठ ४ गते । नेपालीको छिमेकी राष्ट्र भारतका उच्च शिक्षा प्रदायक शैक्षिक संस्थाहरूले ‘मेगा इण्डियन एजुकेशन एक्सपो’ शैक्षिक मेला सम्पन्न गरेकाे छ ।
इन्डो ग्लोबल फाउण्डेशन काठमाडौको आयोजना तथा विराटनगरस्थित कृष्णा एजुकेशन फाउण्डेशनको सहयोगमा सो शैक्षिक मेला आयोजना गरिएको हो ।
एकै छानामुनि भारतकाे विभिन्न शैक्षिक संस्थाकाे बारेमाछ जानकारी गराउने उद्देश्यले विराटनगरको सिटी प्यालेसमा मेला सञ्चालिन गरेकाे छ ।
उक्त एक्सपोमा भारतका १५ भन्दा बढी प्रतिष्ठित विश्वविद्यालय तथा कलेजहरूको सहभागिता रहेको छ । एक्सपोमा कक्षा १२ को परीक्षा दिएर बसेका तथा उच्च शिक्षा हासिल गर्न इच्छुक विद्यार्थीहरूलाई भारतीय कलेजका प्रतिनिधिहरूले प्रत्यक्ष परामर्श दिएका छन । त्यस क्रममा प्रतिनिधिहरूले विद्यार्थीलाई कलेजका विभिन्न संकाय, शुल्क विवरण, अन्य सम्भावित खर्च र रोजगारीको अवसर सहितका आफ्ना विशेषताहरू बारे विस्तृत जानकारी गराईरहेका छन ।
एक्सपोमा सहभागी विद्यार्थीमध्ये उत्कृष्ट तीन जनालाई ‘एस.जे.ई. ग्रुप अफ इन्स्टिच्युसन्स’ ले कलेज ट्युसन शुल्कमा शतप्रतिशत सम्म छुट दिने कृष्णा एजुकेशन फाउण्डेशनका सञ्चालक कृष्ण जायसवालले जानकारी गराए ।
भारतमा अध्ययन गर्न चाहने विद्यार्थीहरूले विभिन्न शहर धाउनुपर्ने बाध्यतालाई अन्त्य गर्दै विराटनगरमै एकै छानामुनि सम्पूर्ण जानकारी उपलब्ध गराउन एक्सपो सफल भएको आयोजक इन्डो ग्लोबल फाउण्डेशन काठमाडौका निर्देशक सुदन चौहानले बताए ।
एक्सपोमा सहभागी विद्यार्थीहरूमध्ये गोला प्रथा मार्फत दुई जनालाई एन्ड्रोइड मोबाइल समेत वितरण गरिने आयोजक समितिले जनाएको छ । मेलामा विराटनगर, इटहरी, धरान र इनरुवा लगायत आसपासका पालिकाका विद्यार्थीहरूले अवलोकन गरिहरको थियो ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]